हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको अपि पावर कम्पनीको सर्वाधिक शेयर खरीदविक्री

पुस २२, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिवार बजार खुलेको साढे एक घण्टा अवधिमा कारोबारमा आएका २२४ धितोपत्र मध्ये अपि पावर कम्पनीको धितोपत्रको सर्वाधिक शेयर खरीद विक्री भएको छ ।  सो अवधिमा कम्पनीको रू. ६ करोड २४ लाख बरावरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४८५ मा कारोबार भइरहेको छ । कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेकाले सर्वाधिक शेयर खरीदविक्री भएको हो ।  कम्पनीले १:०.३९३ अनुपातमा रू. १०० अंकित दरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर जारी गर्ने तयारीमा रहेको छ । उक्त हकप्रद शेयर निष्कासन गर्नका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ ।  विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । बोर्डबाट स्वीकृति पाएसँगै हकप्रद शेयर निष्कासन गर्नेछ । 

सम्बन्धित सामग्री

खर्च बढेसँगै अपि पावर कम्पनी नोक्सानीमा

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनी चालू आवको पहिलो त्रैमासमा रू. ४ करोडभन्दा बढी नोक्सानीमा छ । गत आवको पहिलो त्रैमासमा भने कम्पनी रू. ३ करोड ९६ लाख नाफामा थियो । चालू आवमा कम्पनीको खर्च बढेसँगै नोक्सानीमा गएको हो । कम्पनीको खर्च गत आवको तुलनामा चालू आवमा १८० प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीको कुल खर्च रू. ९ करोड २९ लाख रहेकोमा चालू आवमा बढेर रू. २६ करोड पुगेको हो ।  त्यस्तै कम्पनीको विद्युत विक्री आम्दानी भने गत आवको तुलनामा चालू आवमा ७२ प्रतिशत भएको छ । गत आवमा कम्पनीले विद्युत विक्रीबापत रू. १५ करोड १८ लाख रहेकोमा चालू आवमा बढेर रू. २६ करोड १६ लाख पुगेको छ ।  कम्पनी नोक्सानीमा भएसँगै प्रतिशेयर आम्दानी २९ पैसा ऋणात्मक छ । गत आवमा भने कम्पनी प्रतिशेयर आम्दानी ४ रुपैयाँ १३ पैसा धनात्मक थियो ।  त्यस्तै चुक्ता पूँजी रू.५ अर्ब ६६ करोड रहेको कम्पनीले जगेडााम रू. १३ करोड ८८ लाख सञ्चिती गरेको छ । जततउकस्ररधधध।बदजष्थबलमबष्थि।अयmरउजयतय(ाभबतगचभचालू आवमा कम्पनीको प्रतिशेयर नेटवर्थ १०२ रुपैयाँ ४५ पैसा रहेको छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

अपि पावर कम्पनीले फेरि एक अर्ब माथिको हकप्रद सेयर जारी गर्ने

अपि पावर कम्पनी लिमिटेडले पुनः तेस्रो पटक हकप्रद (राइट) सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले आगामी चैत २५ गतेदेखि आफ्ना सेयरधनीहरूका लागि एक अर्ब ८ करोड ६ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने भएको हो ।यसअघि कम्पनीले २०७६ फागुन १२ गते र २०७८ बैशाख १९ गते समान ५६ करोड ७ करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गरेको थियो । कम्पनीले पछिल्लो पटक पहिचान पश्चात निर्माण गरिरहेको माथिल्लो चमेलिया जलविद्युत आयोजनाका लागि स्वः पुँजी जुटाउन धितोपत्र बोर्ड मार्फत अधिकतम २ अर्ब २२ करोड रुपै

चैत २५ गतेदेखि हकप्रद शेयर निष्कासन गर्दै अपि पावर कम्पनी

चैत ९, काठमाडाौं । अपि पावर कम्पनी लिमिटेडले चैत २५ गतेदेखि हकप्रद शेयर निष्कासन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर शून्य दशमलव ३९३६ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न गर्न लागेको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद जारी गर्ने भएको हो । कम्पनीले निष्कासन गर्न लागेको हकप्रद शेयर प्रयोजनका लागि चैत १४ गते (एक दिन) बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा चैत १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र अपिको हकप्रद शेयर खरीदका वैशाख १५ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयरको विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै उक्त हकप्रदमा मुक्तिनाथ क्यापिटल तथा मुक्तिनाथ विकास बैंकका इटहरी, पोखरा–नागढुङ्गा, नारायणगढ, सुर्खेट, नेपालगंज, धनगढी, विराटनगर र जनकपुर शाखा कार्यालय आवेदन दिन सकिनेछ । यसका साथै ग्लोबल आइएमई बैंकका बैतडी, गोकुलेश्वर, दार्चुला, डडेलधुरा, महेन्द्रनगर, धनगढी र अत्तरीय शाखा कार्यालय तथा धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरोशेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सकिनेछ । कम्पनीको हकप्रदलाई केयर रेटिङ्ग नेपालले केयर एनपी बीप्लस आईएस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ । हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ७५ करोड ८९ लाख १५ हजार रहेको छ । हकप्रद निष्कासन पछि उक्त पूँजी ३ अर्ब ८४ करोड ४९ लाख १५ हजार ५४५ रुपैयाँ ७५ पैसा पुग्नेछ । कम्पनीले २०७८ साल असोज २५ गते यो हकप्रद निष्कासनको लागि बोर्डमा निवेदन दिएको थियो । अपि पावरले निर्माणाधिन ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाका लागि थप पूँजी जुटाउन हकप्रद निष्कासन गर्न लागेको हो । कम्पनीले चालू आर्थिक वर्षको ६ महीनासम्म रू. १४ करोड ३० लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको नाफा न्यून अर्थात् शून्य दशमलव ११ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. १४ करोड ३२ लाखभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको आम्दानी ४ दशमलव ५८ प्रतिशत बढेको छ भने खर्च २१ दशमलव ४९ प्रतिशत बढी भएको छ । कम्पनीले ६ महीनामा रू. ३१ करोड ७६ लाखभन्दा बढी आम्दानी गरेकोमा रू. २ करोड ८६ लाखभन्दा बढी खर्च गरेको हो ।

अपि पावरले एक अर्ब आठ करोडको हकप्रद जारी गर्ने

काठमाडाैं । अपि पावर कम्पनी लिमिटेडले एक अर्ब बढीको हकप्रद सेयर जारी गर्ने भएको छ । धितोपत्र बोर्डमा दिएको आवेदन स्वीकृति भए लगत्तै अपि पावरले आफ्ना सेयरधनीलाई एक अर्ब आठ करोड ६० लाख रुपैयाँको हदप्रद सेयर जारी गर्ने भएकाे हाे । अपिले धितोपत्र बोर्डमा ३९.३६ प्रतिशत हदप्रद सेयर बिक्री अनुमतिको लागि आवेदन पेस गरेको थियो […] The post अपि पावरले एक अर्ब आठ करोडको हकप्रद जारी गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक.

अपि पावरले एक अर्ब आठ करोडको हकप्रद जारी गर्ने

काठमाडाैं । अपि पावर कम्पनी लिमिटेडले एक अर्ब बढीको हकप्रद सेयर जारी गर्ने भएको छ । धितोपत्र बोर्डमा दिएको आवेदन स्वीकृति भए लगत्तै अपि पावरले आफ्ना सेयरधनीलाई एक अर्ब आठ करोड ६० लाख रुपैयाँको हदप्रद सेयर जारी गर्ने भएकाे हाे । अपिले धितोपत्र बोर्डमा ३९.३६ प्रतिशत हदप्रद सेयर बिक्री अनुमतिको लागि आवेदन पेस गरेको थियो । आवेदन […] The post अपि पावरले एक अर्ब आठ करोडको हकप्रद जारी गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक.

अपि पावरले एक अर्ब आठ करोडको हकप्रद जारी गर्ने

काठमाडौँ – अपि पावर कम्पनी लिमिटेडले एक अर्ब बढीको हकप्रद सेयर जारी गर्ने भएको छ। धितोपत्र बोर्डमा दिएको आवेदन स्वीकृत भएलगत्तै अपि पावरले आफ्ना सेयरधनीलाई एक अर्ब आठ करोड ६० लाख रुपैयाँको हदप्रद सेयर जारी गर्ने भएको हो। अपिले धितोपत्र बोर्डमा ३९.३६ प्रतिशत हदप्रद सेयर बिक्री अनुमतिको लागि आवेदन पेस गरेको थियो। आवेदनअनुसार कम्पनीले एक करोड […]

अपि पावरले हकप्रद निष्कासन गर्ने

काठमाडौं, ५ कात्तिक । अब अपि पावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा असोज २५ गते निवेदन दिएको हो । अपि पावर कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्रि प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

अपि पावर कम्पनी र ङादी ग्रुप पावरको शेयरमूल्य समायोजन

भदौ १८, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले शुक्रवार अपि पावर कम्पनी र ङादी ग्रुप पावर लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ । नेप्सेले अपि पावर कम्पनीको १० दशमलव ५ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ४७८ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बिहीवार कायम अन्तिम शेयरमूल्य रू. ५२९ को आधारमा शेयरमूल्य समायोजन भएको हो ।  त्यस्तै, ङादी ग्रुप पावरको २० प्रतिशत बोनस शेयर समायोजनपछि शेयरमूल्य रू. ८०७ तोकेको छ । कम्पनीको बिहीवार रू. ९६९ मा अन्तिम कारोबार भएको थियो । दुवै कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ शुक्रवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।  अपि पावर कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ५५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।  उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी भदौ २५ गते साधारण सभा आयोजना गर्न लागेको हो । कम्पनीले सभा प्रधान कार्यालय ट्रेड टावर, थापाथलीमा बिहान ११ बजे गर्ने जानकारी गराएको छ । त्यस्तै, ङादी ग्रुप पावर कम्पनीले आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।  उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी असोज ३ गते साधारण सभा बोलाएको छ । कम्पनीले सभा बिहान ९ बजे क्विन्स क्याफे अनामनगर, काठमाडौंमा साधारण सभा बोलाएको हो ।

आज १८ अर्ब ८८ करोडभन्दा बढीको शेयर कारोबार

काठमाडौं। धितोपत्र बजारमा आज कूल २२१ कम्पनीको तीन करोड ५० लाख २७ हजार ३६३ कित्ता शेयर १८ अर्ब ८८ करोड ४० लाख ३१ हजार ५१९ मा खरिद बिक्री भएको छ। कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावरले सबैभन्दा धेरै ६२ करोड ५९ लाख ९३ हजार ९१७ बराबरको कारोवार गरेको छ। यस्तै अपि पावर कम्पनी र हिमालयन डिस्टिलरी शीर्षस्थानमा छन्।