कात्तिक ५, काठमाडौं । राधी विद्युत् कम्पनीले इक्रा नेपालमा रेटिङ गराएको छ ।
इक्रा नेपालले कम्पनीलाई इक्रा आईआर त्रिपल बी माइनस रेटिङ प्रदान गरेको हो । उक्त रेटिङले समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको देखाउँछ ।
यस्ता निकायहरुमा मध्यम क्रेडिट जोखिम रहेको हुन्छ । इक्रा नेपालले उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनियता सम्बन्धी राय मात्र भएको र कुनै खास ऋणपत्र विशेषको राय भने नभएको बताएको छ ।
त्यसैगरी कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने तयारीमा पनि रहेको छ । कम्पनीले १४७ दशमलव ५२ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारी गरिरहेको छ । आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय विद्युत् नियमन आयोग र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि मात्र हकप्रद शेयर निष्कासन गर्नेछ ।
कम्पनीले ३६ दशमलव ५० प्रतिशत बोनस शेयर वितरण पछि पुगेको रू.६४ करोड ६४ लाख ४ हजारको आधारमा हकप्रद शेयर निष्कासन गर्न लागेको छ ।