हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको बरुण हाइड्रोपावरको नाफा ३०५% बढ्यो

वैशाख ३०, काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३०५ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवमा रू. ५२ लाख ७२ हजार नाफा कमाएकोमा चालू आवमा बढेर रू. २ करोड १४ लाख पुगेको हो । चालू आवमा कम्पनीको विद्युत् विक्री आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । विद्युत् विक्री आम्दानी गत आवको तुलनामा चालू आवमा ५२ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले विद्युत विक्री बापत रू. ४ करोड ५८ लाख आम्दानी गरेकोमा चालू आवमा बढेर रू. ६ करोड ९९ लाख पुगेको हो । कम्पनीको चुक्तापूँजी रू. २६ करोड ७९ लाख रहेको छ भने चालू आवमा कम्पनीले जगेडामा रू. २ करोड ६४ लाख सञ्चित गरेको हो । चालू आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ११ दशमलव ८३ (वार्षिकीकरण), मूल्य आम्दानी अनुपात ३५ दशमलव ७४ गुणा, तरलता अनुपात ३ दशलमव १४ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १०९ दशलमव ८६ रहेको छ । कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको छ । कम्पनीले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको हो । उक्त हकप्रद शेयर निष्कासन गर्नका लागि विद्युत् नियमन आयोगबाट स्वीकृति पाएको छ । अव आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृति पाएपछि मात्र हकप्रद शेयर निष्कासन गर्नेछ । 

सम्बन्धित सामग्री

४०% हकप्रद शेयर निष्कासन गर्ने तयारीमा आइएमई जनरल इन्स्योरेन्स

फागुन ३, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ । कम्पनी ४० प्रतिशत अर्थात् १०:४ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको हो । उक्त हकप्रद शेयर निष्कासन गर्नका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाइसकेको छ । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद निष्कासन गर्नेछ । उक्त हकप्रद शेयर निष्कासन गर्नका लागि कम्पनीले फागुन १ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा माघ २७ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । हालसम्ममा कम्पनीले हकप्रद शेयरको आहवन पत्र भने प्रकाशित गरेको छैन । कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १५ करोड रहेको छ । ४० प्रतिशत हकप्रद शेयर निष्कासन पछि उक्त पूँजी रू. १ अर्ब ६२ करोड भन्दा बढी पुग्नेछ । कम्पनीले चालू आवको ६ महीनामा अर्थात् दोस्रो त्रैमाससम्ममा रू. १२ करोड १३ लाख नाफा कमाएको छ । यो नाफा गत आवको यसै अवधिको तुलनामा भने १९ प्रतिशतले कमी आएको हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. १५ करोड २ लाख नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको आम्दानीमा कमी आएकाले नाफा घट्न पुगेको हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. २४ करोड ४१ लाख आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा घटेर रू. १९ करोड ७३ लाखमा झरेको हो । सो अवधिमा कम्पनीले जगेडामा रू. ३० करोड ४२ लाख र बीमा कोषमा रू. ५३ करोड ५ लाख सञ्चित गरेको छ । त्यसैगरी कम्पनीको कुल बीमाुशल्क आर्जन गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १६ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ७१ करोड १३ लाख बीमाशुल्क आर्जन गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ८२ करोड ६६ लाख पुगेको हो । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी रू. २० दशमलव ९७, मूल्य आम्दानी अनुपात ५३ दशमलव ४२ गुणा र प्रतिशेयर नेटवर्थ रू. १७२ दशमलव ११ रहेको छ ।

मंगलवारदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारीमा एचआईडीसीएल

साउन ३, काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआईडीसीएल)  ले मंगलवारदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।  कम्पनीले रू. १०० अंकित दरको ११ करोड कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । उक्त कम्पनीको हकप्रदशेयरमा जेठ २७ गतेसम्म कायम शेयरधनीले आवेदन दिन पाउने छन् । हकप्रद शेयर निष्कासन बन्द मिति साउन २५ गते बैंकिङ समयसम्म रहेको छ । शतप्रतिशत हकप्रद शेयर निष्कासन गरी बाँडफाँट गरेपछि कम्पनीको चुक्तापूँजी रू. २२ करोड पुग्नेछ ।  हकप्रद शेयर निष्कासन विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।साथै आवेदकले सि - आस्बा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरुबाट र सि आस्बा प्रणालीमार्फत हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीले निष्कासन गर्ने हकप्रद शेयरलाई केयर रेटिङ नेपालले  केयर एनपी ए माइनस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीको आधारभुत पक्ष न्यून जोखिम रहेको देखाउँछ ।