प्रभु बैंकको २ लाखभन्दा बढी कित्ता संस्थापक शेयर खरीद गर्ने आज अन्तिम दिन

साउन २९, काठमाडौं । प्रभु बैंकको संस्थापकतर्फको २ लाख २ हजार १८६ कित्ता संस्थापक शेयरमा बोलपत्र पेश गर्ने शुक्रवार अन्तिम दिन रहेको छ ।  बैंकले साउन १५ गतेदेखि २९ गतेसम्मका लागि प्रतिकित्ता न्यूनतम मूल्य रू. २१० तोकेर उक्त शेयर लिलामीमा ल्याएको हो । बोलपत्र पेश गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । यो शेयर खरीदका लागि न्यूनतम १ हजार कित्तादेखि अधिकतम १० ले भाग जाने संख्या वा सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।  तोकिएको अवधिभित्र प्राप्त बोलपत्र साउन ३१ गते आइतवार बिहान १० बजे विक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालय, नागपोखरी, काठमाडौंमा खोलिने जानकारी समेत बैंकले दिएको छ ।  

सम्बन्धित सामग्री

आज कुमारी बैंकको संस्थापक शेयर लिलामी भर्ने अन्तिम दिन

कुमारी बैंकको ७ लाख ५७ हजार ६९९ कित्ता संस्थापक शेयर लिलामी भर्ने आज अन्तिम दिन हो ।

मेरो माइक्रोफाइनान्सको संस्थापक शेयरमा आजसम्म आवेदन दिने सकिने

काठमाडौं,२३ कात्तिक । मेरो माइक्रोफाइनान्स लघुवित्तले कात्तिक १२ गतेदेखि लिलामीमा ल्याएको संस्थापक शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले ५ लाख ७१ हजार ५९८ कित्ता संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनी तथा अन्य योग्य व्यक्ति तथा संस्थाहरुले समेत खरीद गर्न सकिने गरी लिलामीमा ल्याएको हो । कम्पनीले शेयरको मूल्य प्रतिकित्ता ४५० रुपैयाँ […]

मुक्तिनाथ बैंकको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २२ भदौ । मुक्तिनाथ विकास बैंकले साउन १९ गतेदेखि बिक्रिमा ल्याएको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन हो । बैंकको प्रतिकित्ता १ रुपैयाँ अंकित दरका १ लाख ५ हजार ४१ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । बैंकको शेयर खरिद गर्न भदौ २२ गतेसम्म गोप्य शिलन्बदी पेश गर्न सकिने बैंकले व्यवस्था गरेको थियो […]

मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर खरीदका लागि बोलपत्र पेश गर्ने आज अन्तिम दिन

भदौ २२, काठमाडौं । साउन १९ गतेदेखि लिलामीमा आएको मुक्तिनाथ विकास बैंकको संस्थापक शेयरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने आज (मंगलवार) अन्तिम दिन रहेको छ ।  बैंकको १ लाख ५ हजार ४१ कित्ता संस्थापक शेयर भदौ २२ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी लिलामीमा आएको हो ।  प्रतिकित्ता रू. ३२५ तोकिएको यो शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।  बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने यो शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।  तोकिएको अवधिभित्र प्राप्त बोलपत्र भदौ २३ गते बिहान विक्री प्रबन्धकको कमलादी, काठमाडौंमा बिहान ११ बजे खोलिने कार्यक्रम समेत तय भइसकेको छ ।

तीन ओटा कम्पनीको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन

भदौ १८, काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको तीन ओटा कम्पनीको संस्थापक शेयर खरीदका लागि गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ ।  भदौ ४ गतेदेखि बैंकको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्तको ३ लाख ६ हजार ६५ कित्ता, नागरिक लगानी कोषको ३ लाख ५० हजार ३६९ कित्ता र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ८६ हजार ३६९ कित्ता संस्थापक शेयर लिलामीमा आएको हो ।  यसअघि पनि विभिन्न समयमा लिलामीमा विक्री खुला गरी वितरण हुन नसकेको यी शेयर कम्पनीहरुले पुनः लिलामीमा विक्री गरेका हुन् । आरएमडीसी लघुवित्तको शेयरको मूल्य प्रतिकित्ता रू. ६०३, नागरिक लगानी कोषको प्रतिकित्ता रू. १ हजार ४१० र मेरो माइक्रोफाइनान्सको प्रतिकित्ता रू. ५७६ तोकिएको छ ।  यी शेयर खरीद गर्न चाहने इच्छुक जो कोही व्यक्ति वा संस्थाहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । मेरो माइक्रोफाइनान्स र नागरिक लगानीकोषको शेयर खरीदका लागि न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ भने आरएमडीसी लघुवित्तको शेयर खरीदका लागि न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।  यी शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयर खरीदका लागि बोलकबोल गर्ने आज अन्तिम दिन

साउन २२, काठमाडौं । साउन १४ गतेदेखि लिलामीमा आएको प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको संस्थापक शेयरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने साउन आज (शुक्रवार) अन्तिम दिन रहेको छ ।  कम्पनीले ५ लाख ४२ हजार ९६५ कित्ता संस्थापक शेयर साउन २२ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी लिलामीमा विक्री खुला गरेको हो ।  कम्पनीले इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले खरीद गर्न सक्ने गरी उक्त शेयर लिलामीमा विक्री खुला गरेको हो । प्रतिशेयर न्यूनतम मूल्य रू. ५०० तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । तोकिएको मूल्यभन्दा कम मूल्य अंकित गरी पेश भएको बोलपत्र स्वतः रद्द हुने कम्पनीले जानकारी दिएको छ ।  यो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम ५०० कित्ता वा अधिकतम सम्पूर्ण कित्ता शेयर माग गर्न सकिने व्यवस्था छ । यो शेयर बाँडफाँटमा प्राप्त गर्ने शेयरधनीहरुले कम्पनीद्वारा साउन १४ गतेपछि सार्वजनिक हुने लाभांश तथा हकप्रद शेयर समेत प्राप्त गर्न योग्य हुने जानकारी कम्पनीले गराएको छ ।  शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

नागरिक लगानीकोषको शेयरमा बोलकबोल गर्ने आज अन्तिम दिन

काठमाडौं, १५ साउन । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको साउन ३ गतेदेखि लिलामीमा आएको नागरिक लगानीकोषको संस्थापक शेयरमा बोलकबोल गर्ने आज अन्तिम दिन हो । यस अघि पनि लिलामीमा विक्री गरी बाँकी रहेको नागरिक लगानीकोषको प्रतिकित्ता १२ सय २१ रुपैयाँ मुल्य तोकिएका ३ लाख ५० हजार ३६९ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । तोकिएको […]

नागरिक लगानीको कोषको संस्थापक शेयर खरिद गर्ने आज अन्तिम दिन

काठमाडौं, १८ असार । नागरिक लगानी कोषले असार ११ गतेदेखि लिलामीमा ल्याएको संस्थापक शेयर आजसम्म खरिद गर्न सकिन्छ । कोषले प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा भएको १ लाख कित्ता संस्थापक शेयरमा असार १८ गते (आज) सम्मका लागि लिलामीमा ल्याएको हो । शेयरको न्युनतम मुल्य १२ सय रुपैयाँ तोकिको हुनाले सो मुल्य वा सो भन्दा बढी […]

समृद्धि फाइनान्सको हकप्रद शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन

काठमाडौं, १० असार । समृद्धि फाइनान्सको असार ३ गतेदेखि लिलामी बिक्रिमा ल्याएको हकप्रद शेयरमा आजसम्म आवेदन दिन सकिन्छ । कम्पनीले १३ लाख ८० हजार ७१८ कित्ता संस्थापक शेयर लिलामी विक्रि गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ शेयरमुल्य तोकेको छ । तोकिएको मुल्य वा सो भन्दा बढी मुल्य अंकित गरेर (असार १०) आजसम्म […]