समृद्धि फाइनान्सको हकप्रद शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन

काठमाडौं, १० असार । समृद्धि फाइनान्सको असार ३ गतेदेखि लिलामी बिक्रिमा ल्याएको हकप्रद शेयरमा आजसम्म आवेदन दिन सकिन्छ । कम्पनीले १३ लाख ८० हजार ७१८ कित्ता संस्थापक शेयर लिलामी विक्रि गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ शेयरमुल्य तोकेको छ । तोकिएको मुल्य वा सो भन्दा बढी मुल्य अंकित गरेर (असार १०) आजसम्म […]

सम्बन्धित सामग्री

समृद्धि फाइनान्सको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

फागुन २९, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने आज (आइतवार) अन्तिम दिन रहेको छ । कम्पनीले फागुन ८ गतेदेखि ५० प्रतिशत हकप्रद शेयर विक्री खुला गरेको हो । कम्पनीले प्रतिकिक्ता रू. १०० अंकित दरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर निष्कासन गरिरहेको छ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि पुस ११ गते बुक क्लोज गरेको थियो । यस आधारमा पुस ८ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । हाल कम्पनीको चुक्तापूँजी रू. ५४ करोड ५९ लाख रहेको छ । ५० प्रतिशत हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्तापूँजी रू. ८१ करोड ८९ लाख पुग्नेछ । कम्पनीले निष्कासन गर्न लागेको हकप्रद शेयरलाई इक्रा नेपालले इक्राएनपी आइआर सि रेटिङ पाएको छ । यस्तो रेटिङले समय वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा उच्च जोखिम रहेको देखाउँछ । विक्री प्रबन्धक बि।ओ।के क्यापिटल लिमिटेड रहेको छ । साथै आवेदकले मेरो शेयर एपबाट उक्त हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

समृद्धि फाइनान्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

समृद्धि फाइनान्स Samriddhi Finance Company को हकप्रद सुरक्षित गर्ने आज पुस ८ गते अन्तिम दिन रहेको छ ।  कम्पनीले हकप्रद निष्काशनको लागि पुस ११ बुक क्लोज गर्ने निर्णय गरेकोले आज पुस ८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । कम्पनीले २:१ को अनुपातमा ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो । अब कम्पनीले २७ करोड २९ लाख ७० हजार ५ सय रुपैयाँ बराबरको  २७ लाख २९ हजार ७ सय ५ कित्ता हकप्रद निष्काशन गर्ने छ । कम्पनीले  साउन १५ गते नेपाल धितोपत्र बोर्डमा हकप्रद निष्काशनको अनुमति माग गर्दै आवेदन दिएकोमा बोर्डले मङ्सिर २९ गते अनुमति प्रदान गरेको हो ।वल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त मुक्त घोषणा गरेपछि नयाँ समूहले लिएर फाइनान्सको नाम तथा लोगो परिवर्तन गरी समृद्धि फाइनान्सका नामबाट वित्तीय कारोबार सुरु गरेको हो।  कम्पनीले यस अघि १:२ को अनुपातमा २ सय प्रतिशतको दरले ३६ लाख ३९ हजार ६ सय ६ कित्ता हकप्रद निष्कासन गरेको थियो ।

समृद्धि फाइनान्सको हकप्रद शेयरमा आजसम्म बोलपत्र पेश गर्न सकिने

काठमाडौं, ५ साउन । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले असार २९ गतेदेखि लिलामीमा ल्याएको अवितरित हकप्रद शेयरमा आज शिलबन्दी बोलपत्र पेश गर्ने आज अन्तिम दिन हो । असार ३ गतेदेखि १० गतेसम्म विक्री खुला गरेकोमा वितरण हुन नसकेका ११ लाख ३५ हजार ५५८ कित्ता शेयर लिलामी मार्फत विक्रीमा ल्याएको हो । शेयर खरीदका न्यूनतम मूल्य १ […]