आज कुमारी बैंकको संस्थापक शेयर लिलामी भर्ने अन्तिम दिन

कुमारी बैंकको ७ लाख ५७ हजार ६९९ कित्ता संस्थापक शेयर लिलामी भर्ने आज अन्तिम दिन हो ।

सम्बन्धित सामग्री

डिप्रोक्स लघुवित्तको ३५ हजार कित्ता संस्थापक शेयर खरीद गर्ने सोमवार अन्तिम दिन

भदौ २७, काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ३५ हजार कित्ता संस्थापक शेयर खरीद गर्ने सोमवार अन्तिम दिन रहेको छ ।  कम्पनीले शेयरधनी विष्णु प्रसाद पाठकले विक्री गर्न चाहेको उक्त शेयर लिलामीमा ल्याएको हो । प्रतिकित्ता रू. ६८५ तोकिएको उक्त शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गर्नुपर्नेछ ।  शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । तोकिएको अवधिभित्र प्राप्त आवेदन सोमवार ४ बजे विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडको पुतलिसडक, काठमाडौंमा खोलिने कार्यक्रम रहेको छ । यो शेयर बाँडफाँटमा प्राप्त गर्ने शेयरधनीहरुले आर्थिक वर्ष ०७७/ ७८ को वार्षिक साधारण सभाबाट पारित हुने लाभांशसमेत प्राप्त गर्न योग्य हुनेछन् ।

मुक्तिनाथ बैंकको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २२ भदौ । मुक्तिनाथ विकास बैंकले साउन १९ गतेदेखि बिक्रिमा ल्याएको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन हो । बैंकको प्रतिकित्ता १ रुपैयाँ अंकित दरका १ लाख ५ हजार ४१ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । बैंकको शेयर खरिद गर्न भदौ २२ गतेसम्म गोप्य शिलन्बदी पेश गर्न सकिने बैंकले व्यवस्था गरेको थियो […]

मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर खरीदका लागि बोलपत्र पेश गर्ने आज अन्तिम दिन

भदौ २२, काठमाडौं । साउन १९ गतेदेखि लिलामीमा आएको मुक्तिनाथ विकास बैंकको संस्थापक शेयरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने आज (मंगलवार) अन्तिम दिन रहेको छ ।  बैंकको १ लाख ५ हजार ४१ कित्ता संस्थापक शेयर भदौ २२ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी लिलामीमा आएको हो ।  प्रतिकित्ता रू. ३२५ तोकिएको यो शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।  बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने यो शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।  तोकिएको अवधिभित्र प्राप्त बोलपत्र भदौ २३ गते बिहान विक्री प्रबन्धकको कमलादी, काठमाडौंमा बिहान ११ बजे खोलिने कार्यक्रम समेत तय भइसकेको छ ।

प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयर खरीदका लागि बोलकबोल गर्ने आज अन्तिम दिन

साउन २२, काठमाडौं । साउन १४ गतेदेखि लिलामीमा आएको प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको संस्थापक शेयरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने साउन आज (शुक्रवार) अन्तिम दिन रहेको छ ।  कम्पनीले ५ लाख ४२ हजार ९६५ कित्ता संस्थापक शेयर साउन २२ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी लिलामीमा विक्री खुला गरेको हो ।  कम्पनीले इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले खरीद गर्न सक्ने गरी उक्त शेयर लिलामीमा विक्री खुला गरेको हो । प्रतिशेयर न्यूनतम मूल्य रू. ५०० तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । तोकिएको मूल्यभन्दा कम मूल्य अंकित गरी पेश भएको बोलपत्र स्वतः रद्द हुने कम्पनीले जानकारी दिएको छ ।  यो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम ५०० कित्ता वा अधिकतम सम्पूर्ण कित्ता शेयर माग गर्न सकिने व्यवस्था छ । यो शेयर बाँडफाँटमा प्राप्त गर्ने शेयरधनीहरुले कम्पनीद्वारा साउन १४ गतेपछि सार्वजनिक हुने लाभांश तथा हकप्रद शेयर समेत प्राप्त गर्न योग्य हुने जानकारी कम्पनीले गराएको छ ।  शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर लिलामी गर्ने अन्तिम दिन आइतवार

साउन १५, काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकोे संस्थापक शेयर लिलामीमा आवेदन दिने अन्तिम दिन आइतवार बैंकिङ समयसम्म रहेको छ ।  कम्पनीले साउन १३ गते १ लाख कित्ता संस्थापक शेयर लिलामीद्वारा विक्री खुला गरेको हो । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. ३४५ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।  बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ भने अधिकतमको लागि कुनै हद नलाग्ने कम्पनीले बताएको छ । विक्री प्रबन्धकमा बिओके क्यापिटल लिमिटेड रहेको छ ।

नागरिक लगानीकोषको शेयरमा बोलकबोल गर्ने आज अन्तिम दिन

काठमाडौं, १५ साउन । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको साउन ३ गतेदेखि लिलामीमा आएको नागरिक लगानीकोषको संस्थापक शेयरमा बोलकबोल गर्ने आज अन्तिम दिन हो । यस अघि पनि लिलामीमा विक्री गरी बाँकी रहेको नागरिक लगानीकोषको प्रतिकित्ता १२ सय २१ रुपैयाँ मुल्य तोकिएका ३ लाख ५० हजार ३६९ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । तोकिएको […]

प्रिमियर इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने भोली अन्तिम दिन

काठमाडौं, ७ साउन । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले लिलामीका ल्याएको ५ लाख ४८ हजार कित्ता संस्थापक शेयरमा आवेदन दिने असार ८ (भोली) अन्तिम दिन हो । पहिलो पटक वितरण हुन नसकेको संस्थापक फेरी लिलामीमा ल्याएको हो । कम्पनीको अनुसार असार १६ गतेदेखि २५ गतेसम्म ५ लाख ४८ हजार २५ कित्ता संस्थापक शेयर गोप्य शिलबन्दी बोलपत्र […]

नागरिक लगानीको कोषको संस्थापक शेयर खरिद गर्ने आज अन्तिम दिन

काठमाडौं, १८ असार । नागरिक लगानी कोषले असार ११ गतेदेखि लिलामीमा ल्याएको संस्थापक शेयर आजसम्म खरिद गर्न सकिन्छ । कोषले प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा भएको १ लाख कित्ता संस्थापक शेयरमा असार १८ गते (आज) सम्मका लागि लिलामीमा ल्याएको हो । शेयरको न्युनतम मुल्य १२ सय रुपैयाँ तोकिको हुनाले सो मुल्य वा सो भन्दा बढी […]

आरएमडीसी लघुवित्तको संस्थापक शेयर लिलामीमा आवेदन दिने अन्तिम दिन सोमवार

जेठ १६, काठमाडौं । बैंक अफ काठमाण्डूको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयरलिलामीमा आवेदन दिने अन्तिम दिन सोमवार बैंकिङ समयसम्म रहेको छ ।  बैंकले आरएमडीसी लघुवित्तको १ लाख ४९ हजार ८०० कित्ता संस्थापक शेयर गत वैैशाख १४ गतेदेखि लिलामीमा ल्याएको हो ।  शेयर खरीदको लागि न्यूनतम मूल्य प्रतिकित्ता रू. ४३५ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । आवेदकले शेयर खरीदका लागि आवेदन दिंदा न्यूनतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । अधिकतमको लागि भने कुनै हद नलाग्ने कम्पनीले बताएको छ । विक्री प्रबन्धकमा विओके क्यापिटल लिमिटेड रहेको छ ।

तीन ओटा कम्पनीको संस्थापक शेयर लिलामीमा आवेदन गर्ने अन्तिम दिन आज

जेठ ५, काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकको स्वामित्वमा रहेको तीन ओटा कम्पनीको संस्थापक शेयर लिलामीमा आवेदन गर्ने अन्तिम दिन बुधवार बैंकिङ्ग समयसम्म रहेको छ ।  उक्त कम्पनीले गत वैशाख १६ गतेबाट आफ्नो स्वामित्वमा रहेको आरएमडिसी लघुवित्त वित्तीय संस्थाको ५ हजार ७७० कित्ता, ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको २५ हजार २०० कित्ता र युनाइटेड इन्स्योरेन्सको ९४ हजार ६३९ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो ।  जसमा आवेदकले आरएमडिसीको न्यूनतम शेयर मूल्य प्रतिकित्ता रू. ४९८, ग्रामीण विकास लघुवित्तको रू. ४०० र युनाइटेड इन्स्योरेन्सको रू. ३२१ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । इच्छुक लगानीकर्ताले विक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी र एक्सेल डेभलपमेण्ट बैकको केन्द्रीय कार्यालय विर्तामोड, झापाबाट आवेदन दिन सक्नेछन् ।