मेरो माइक्रोफाइनान्सको संस्थापक शेयरमा आजसम्म आवेदन दिने सकिने

काठमाडौं,२३ कात्तिक । मेरो माइक्रोफाइनान्स लघुवित्तले कात्तिक १२ गतेदेखि लिलामीमा ल्याएको संस्थापक शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले ५ लाख ७१ हजार ५९८ कित्ता संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनी तथा अन्य योग्य व्यक्ति तथा संस्थाहरुले समेत खरीद गर्न सकिने गरी लिलामीमा ल्याएको हो । कम्पनीले शेयरको मूल्य प्रतिकित्ता ४५० रुपैयाँ […]

सम्बन्धित सामग्री

नेशनल माइक्रोफाइनान्सको ३६ हजार ५०० कित्ता संस्थापक शेयर आजदेखि लिलामीमा

भदौ ३०, काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ३६ हजार ५०० कित्ता संस्थापक शेयर आज (बुधवार)देखि लिलामीमा आएको छ ।  कम्पनीले प्रतिकित्ता रू. १ हजार २२ मूल्य तोकेर असोज १३ गतेसम्म गोप्य शिलबन्दी पेश गर्न सकिने गरी यो शेयर लिलामीमा विक्री खुला गरेको हो ।  कम्पनीले यसअघि गत चैत ३१ गतेदेखि जेठ ३ गतेसम्म विद्यमान संस्थापकहरुलाई प्राथमिकतामा राखी यो शेयर विक्रीको आव्हान गरेको थियो । उक्त अवधिभित्र विद्यमान शेयरधनीहरुबाट आवेदन नपरेपछि विद्यमान संस्थापक सहित अन्य सर्वसाधारणले खरीद गर्न सक्ने गरी पुनः यो शेयर विक्रीमा आएको हो ।  यो शेयर खरीदका लागि बोलकबोल गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म खरीद गर्न सकिने गरी विक्रीमा आएको यो शेयर विक्री प्रबन्धकमा आरविवि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।  तोकिएको अवधिभित्र प्राप्त आवेदन असोज १४ गते बिहान ११ बजे विक्री प्रबन्धकको कार्यालय, टेकु, काठमाडौंमा खोलिने कार्यक्रम तय भएको छ ।

तीन ओटा कम्पनीको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन

भदौ १८, काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको तीन ओटा कम्पनीको संस्थापक शेयर खरीदका लागि गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ ।  भदौ ४ गतेदेखि बैंकको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्तको ३ लाख ६ हजार ६५ कित्ता, नागरिक लगानी कोषको ३ लाख ५० हजार ३६९ कित्ता र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ८६ हजार ३६९ कित्ता संस्थापक शेयर लिलामीमा आएको हो ।  यसअघि पनि विभिन्न समयमा लिलामीमा विक्री खुला गरी वितरण हुन नसकेको यी शेयर कम्पनीहरुले पुनः लिलामीमा विक्री गरेका हुन् । आरएमडीसी लघुवित्तको शेयरको मूल्य प्रतिकित्ता रू. ६०३, नागरिक लगानी कोषको प्रतिकित्ता रू. १ हजार ४१० र मेरो माइक्रोफाइनान्सको प्रतिकित्ता रू. ५७६ तोकिएको छ ।  यी शेयर खरीद गर्न चाहने इच्छुक जो कोही व्यक्ति वा संस्थाहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । मेरो माइक्रोफाइनान्स र नागरिक लगानीकोषको शेयर खरीदका लागि न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ भने आरएमडीसी लघुवित्तको शेयर खरीदका लागि न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।  यी शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयरमा लिलामी गर्ने अन्तिम दिन आइतवार

साउन २२, काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामीमा शेयरमा आवेदन गर्ने अन्तिम दिन आइतवार बैंकिङ्ग समयसम्म रहेको छ ।  कम्पनीले असार १३ गतेदेखि १ लाख कित्ता संस्थापक शेयर लिलामीद्वारा विक्री खुला गरेको हो । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. ३४५ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।  इच्छुक आवेदकले यस लिलामी शेयरमा साउन २४ गते आइतबार बैंकिङ समये सम्म बोलपत्र पेश गर्न सक्नेछन् । बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ भने अधिकतमको लागि कुनै हद नलाग्ने कम्पनीले बताएको छ । विक्री प्रबन्धकमा बिओके क्यापिटल लिमिटेड रहेको छ ।

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर लिलामी गर्ने अन्तिम दिन आइतवार

साउन १५, काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकोे संस्थापक शेयर लिलामीमा आवेदन दिने अन्तिम दिन आइतवार बैंकिङ समयसम्म रहेको छ ।  कम्पनीले साउन १३ गते १ लाख कित्ता संस्थापक शेयर लिलामीद्वारा विक्री खुला गरेको हो । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. ३४५ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।  बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ भने अधिकतमको लागि कुनै हद नलाग्ने कम्पनीले बताएको छ । विक्री प्रबन्धकमा बिओके क्यापिटल लिमिटेड रहेको छ ।

नेशनल माइक्रोफाइनान्सको ७६ हजार कित्ता संस्थापक शेयर आजदेखि लिलामीमा

काठमाडौं, २८ असार । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आजदेखि संस्थापक शेयर लिलामीमा ल्याएको छ । कम्पनीले ७६ हजार ५० कित्ता शेयरमा असार ३० गतेसम्म बोलपत्र पेश गर्न सकिने गरी लिलामीमा ल्याएको हो । चैत्र ३१ गतेदेखि जेठ ३ गतेसम्म संस्थापकहरुलाई प्राथमिकता दिदै ३५ दिनको सुचना जारी गरेको थियो । सो अवधिमा संस्थापकहरुबाट आवेदन नपरेपछि […]

४ ओटा कम्पनीको संस्थापक शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन

जेठ ३१, काठमाडौं । चार ओटा कम्पनीको संस्थापक शेयरमा बोलकबोल गर्ने अन्तिम दिन सोमवारसम्म रहेको छ ।  एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नेशनल लाईफ इन्स्योरेन्स, महुली लघुवित्त वित्तीय संस्था, आरएमडीसी लघुवित्त वित्तीय संस्था र मेरो माइक्रोफाइनान्सको संस्थापक शेयर खरीद गर्ने सोमवार अन्तिम दिन हो । नेशनल लाईफ इन्स्योरेन्स र महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ १३ गतेदेखि संस्थापक शेयर लिलामीमा ल्याएको हो भने आरएमडीसी लघुवित्तले जेठ १६ गते र मेरो माइक्रोफाइनान्सले जेठ १७ गतेदेखि शेयर लिलामीमा ल्याएको हो । नेशनल लाईफ इन्स्योरेन्सको ४१ हजार ८५६ कित्ता, महुली लघुवित्तको ५६ हजार २७० कित्ता, आरएमडीसी लघुवित्तको ४ लाख २७ हजार ५९५ कित्ता र मेरो माइक्रोफाइनान्सको ६० हजार ४१८ कित्ता संस्थापक शेयर जेठ ३१ गतेसम्मको लिलामीमा ल्याएको हो । नेशनल माइक्रोफाइनान्सको शेयरको मूल्य प्रतिकित्ता रू. ५१७ , महुली लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू.८००, मेरो माइक्रोफाइनान्सको प्रतिकित्ता रू.५७२ र आरएमडीसी लघुवित्तको प्रतिकित्ता रू.४७७ तोकिएको छ ।  यी शेयरमा बोलकबोल गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।  महुली लघुवित्तको शेयर खरीदका लागि न्यूनतम ५०० कित्ताका लागि आवेदन दिन सकिनेछ भने अन्य कम्पनीको शेयर खरीद गर्न चाहनेहरुले न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।  यी सबै कम्पनीको शेयर शेयर विक्री प्रबन्धकमा एनएनआईसी एशिया क्यापिटल रहेको छ ।

नेशनल माइक्रोफाइनान्सको संस्थापक शेयर आजदेखि लिलामीमा *

जेठ २८, काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर शुक्रवारदेखि लिलामीमा विक्री खुला भएको छ ।   कम्पनीले ८० हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हो ।  उक्त लिलामी शेयरमा आवेदकले असार १० गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १ हजार २२ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।  शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ भने अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने कम्पनीले जानकारी गराएको हो ।  कम्पनीले सबैभन्दा पहिला विद्यमान संस्थापकहरुलाई पहिलो प्राथमिकता दिई बोलकबोलमार्फत शेयर विक्री गर्ने गर्नेछ । कम्पनीले यसबाट पनि शेयर बाँकी रहेमा अन्य व्यक्ति,कम्पनी,संघ,संस्थाहरु बीच बढी कबोल गर्नेलाई विक्री गर्ने छ । बोलपत्र असार ११ गते सिद्धार्थ क्यापिटल नारायणचौर नक्सालमा बिहान ११ः३० मा खोलिने छ । विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । *कम्पनीले ८० हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।

मेरो माइक्रोफाइनान्सको संस्थापक शेयरको कटअप मूल्य ४३७

वैशाख ८, काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामीमा विक्री गरिएको संस्थापक शेयरको कटअप मूल्य प्रतिकित्ता रू. ४३७ कायम भएको छ ।  बुधवार विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको कार्यालय, बबरमहल, काठमाडौंमा खोलिएको गोप्य शिलबन्दी बोलपत्रको आधारमा कटअप मूल्य कायम गरिएको हो ।  कम्पनीले एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ५ लाख ८९ हजार ४३८ कित्ता संस्थापक शेयर विक्रीका लागि चैत ४ गतेदेखि वैशाख ७ गतेसम्म बोलपत्र आव्हान गरेको थियो । उक्त अवधिमा ३७ ओटा बोलपत्र प्राप्त भएको क्यापिटलको भनाइ छ ।  कम्पनीले उक्त शेयर बोलकबोलका लागि न्यूनतम मूल्य रू. ४३७ तोकेको थियो । यो शेयरमा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता खरीदका लागि आवेदन दिन सकिने व्यवस्था थियो ।

मेरो माइक्रोफाइनान्सको संस्थापक शेयरका लागि आव्हान गरेको बोलपत्र आज खोलिदैं

वैशाख ८, काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर खरीदका लागि आव्हान गरिएको गोप्य शिलबन्दी बोलपत्र आज खोलिने भएको छ ।  कम्पनीले एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ५ लाख ८९ हजार ४३८ कित्ता संस्थापक शेयर विक्रीका लागि चैत ४ गतेदेखि वैशाख ७ गतेसम्म बोलपत्र आव्हान गरेको थियो ।  उक्त अवधिमा प्राप्त बोलपत्र आज (बुधवार) बिहान ९ बजे विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको कार्यालय बबरमहल, काठमाडौंमा खोलिने भएको हो ।  कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य रू. ४३७ तोकेको थियो । तोकिएको वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्ने आवेदनहरु मात्र बाँडफाँटमा सहभागी गराइने कम्पनीको भनाइ छ । यो शेयरमा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता खरीदका लागि आवेदन दिन सकिने व्यवस्था रहेको थियो ।