नागरिक लगानीकोषको शेयरमा बोलकबोल गर्ने आज अन्तिम दिन

काठमाडौं, १५ साउन । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको साउन ३ गतेदेखि लिलामीमा आएको नागरिक लगानीकोषको संस्थापक शेयरमा बोलकबोल गर्ने आज अन्तिम दिन हो । यस अघि पनि लिलामीमा विक्री गरी बाँकी रहेको नागरिक लगानीकोषको प्रतिकित्ता १२ सय २१ रुपैयाँ मुल्य तोकिएका ३ लाख ५० हजार ३६९ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । तोकिएको […]

सम्बन्धित सामग्री

ङादी ग्रुप पावरको लिलामी सेयर भर्ने आज अन्तिम दिन

ङादी ग्रुप पावरको १२ लाख ५७ हजार कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले असोज २ गतेदेखि सर्वसाधारण समूहको सेयर लिलामी बिक्री खुला गरेको हो ।  लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ । यसमा न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । ङादी ग्रुप पावरले गएको साउन १८ गतेदेखि १५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो । कम्पनीले १ करोड ६ ला

नेरुडे लघुवित्तको लिलामी शेयरमा आवेदन गर्ने आज अन्तिम दिन

मंसिर २०, काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन आज (सोमवार) रहेको छ । कम्पनीले १ हजार ४९४ कित्ता संस्थापक शेयर कात्तिक १६ गतेदेखि लिलामीमा ल्याएको हो । इच्छुक आवेदकले सोमवार कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. ४०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । आवेदकले शेयर बोलकबोल गर्दा न्यूनतम ५०० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन पाउने कम्पनीले जानकारी गराएको छ । विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

सपोर्ट लघुवित्तको लिलामी शेयरमा आवेदन गर्ने आज अन्तिम दिन

मंसिर १३, काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन आज (सोमवार) सम्म रहेको छ । कम्पनीले कात्तिक २९ गतेदेखि १५ हजार ८५० कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. ५५० तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । यस शेयरमा जो कोही व्याक्ति, कम्पनी, संघ संस्थाहरुले मंसिर १३ गते बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन् । उक्त शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्याको लागि कुनै हद लाग्ने छैन । मंसिर १३ गते कार्यालय समयभित्र प्राप्त भएका बोलपत्र मंसिर १४ गते बिहान ११ बजे आरविवि मर्चेण्ट बैंकिङ लिमिटेडमा टेकुमा खोल्ने कम्पनीले जानकारी गराएको हो । कम्पनीको विक्री प्रबन्धक आरविवि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

स्वावलम्बन लघुवित्तको लिलामी शेयरमा आवेदन गर्ने आज अन्तिम दिन

मंसिर १, काठमाडौं । स्वावलम्बन लघुवित्तको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन आज (बुधवार) बैंकिङ समयसम्म रहेको छ । कम्पनीले ११ हजार ७५३ कित्ता संस्थापक शेयर कात्तिक २५ गतेदेखि लिलामीमा ल्याएको हो । कम्पनीको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. ६७५ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । इच्छुक आवेदकले शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् भन अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने कम्पनीले बताएको छ । बुधवार कार्यालय समयसम्म प्राप्त भएका बोलपत्र बिहीवार बिहान १० बजे एनआईबिएल एस क्यापिटलको लाजिम्पाटस्थित कार्यालयमा खालिने पनि बताइएको छ । आवेदन बुझाउने स्थान एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

तीन ओटा कम्पनीको संस्थापक शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन

भदौ २७, काठमाडौं । भदौ २० गतेदेखि लिलामीमा आएको हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडको स्वामित्वमा रहेको तीन ओटा कम्पनीको संस्थापक शेयरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ ।  हाथवे इन्भेष्टमेण्टले आफ्नो स्वामित्वको सेञ्चुरी कमर्सियल बैंकको २ लाख ५ हजार ५१३ कित्ता, मञ्जुश्री फाइनान्सको ९५ हजार ९५५ कित्ता र कामना सेवा विकास बैंकको २ लाख ५० हजार ४६६ कित्ता शेयर आज (आइतवार) सम्मका लागि लिलामीमा विक्री गर्न लागेकोे हो ।  सेञ्चुरी कमर्सियल बैंकको शेयरमूल्य प्रतिकित्ता रू. १५०, मञ्जुश्री फाइनान्सको प्रतिकित्ता रू. ३५० र कामना सेवा विकास बैंकको प्रतिकित्ता रू. २५० तोकिएको छ ।  यी शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरु वा जो कोहि व्यक्ति तथा संस्थाहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।  बोलकबोल गर्दा न्यूनतम ५ हजार कित्ता वा अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो लिलामी शेयर बाँडफाँटमा प्राप्त गर्ने शेयरधनीहरुले कम्पनीहरुद्वारा भदौ २० गतेपछि घोषणा हुने लाभांश तथा बोनस शेयर समेत प्राप्त गर्न सक्नेछन् ।  शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयर खरीदका लागि बोलकबोल गर्ने आज अन्तिम दिन

साउन २२, काठमाडौं । साउन १४ गतेदेखि लिलामीमा आएको प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको संस्थापक शेयरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने साउन आज (शुक्रवार) अन्तिम दिन रहेको छ ।  कम्पनीले ५ लाख ४२ हजार ९६५ कित्ता संस्थापक शेयर साउन २२ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी लिलामीमा विक्री खुला गरेको हो ।  कम्पनीले इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले खरीद गर्न सक्ने गरी उक्त शेयर लिलामीमा विक्री खुला गरेको हो । प्रतिशेयर न्यूनतम मूल्य रू. ५०० तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । तोकिएको मूल्यभन्दा कम मूल्य अंकित गरी पेश भएको बोलपत्र स्वतः रद्द हुने कम्पनीले जानकारी दिएको छ ।  यो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम ५०० कित्ता वा अधिकतम सम्पूर्ण कित्ता शेयर माग गर्न सकिने व्यवस्था छ । यो शेयर बाँडफाँटमा प्राप्त गर्ने शेयरधनीहरुले कम्पनीद्वारा साउन १४ गतेपछि सार्वजनिक हुने लाभांश तथा हकप्रद शेयर समेत प्राप्त गर्न योग्य हुने जानकारी कम्पनीले गराएको छ ।  शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

अपि पावर कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २० साउन । अपि पावर कम्पनीले साउन १३ गतेदेखि लिलामीमा ल्याएको अवितरित हकप्रद शेयरमा बोलकबोल पेश गर्ने आज अन्तिम दिन हो । जेठ २० गते देखि असार १३ गतेसम्म खुल्ला गर्दा विक्रि हुन नसकेका २ लाख १५ हजार ५९९ कित्ता हकप्रद शेयर लिलामीमा ल्याएको हो । शेयर बिक्रि तथा प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको […]

प्रिमियर इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन गर्ने आज अन्तिम दिन

असार २५, काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन आज (शुक्रवार) बैंकिङ समयसम्म रहेको छ । कम्पनीले ५ लाख ४८ हजार २५ कित्ता संस्थापक शेयर असार १६ गतेदेखि लिलामीमा ल्याएको हो ।  शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. ६०० तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनी सहित अन्य व्याक्ति, कम्पनी तथा संघ संस्थाले पनि आवेदन दिन सक्नेछन् ।  आवेदकले न्यूनतम ५०० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल बबरमहल काठमाडौंमा आउने गरी बोलपत्र पेश गनुपर्ने हुन्छ ।

नेशनल माइक्रोफाइनान्सको लिलामी शेयर भर्ने आज अन्तिम दिन

जेठ ३, काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत ३१ गतेदेखि लिलामीमा ल्याएको संस्थापक शेयरमा बोलकबोल गर्ने सोमवार अन्तिम दिन रहेको छ ।  कम्पनीको ८० हजार कित्ता संस्थापक शेयर जेठ ३ गतेसम्मका लागि लिलामीमा आएको हो ।   यो शेयरको मूल्य प्रतिकित्ता रू. १ हजार ६०० तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।  शेयर खरीदका लागि आवेदन गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।  तोकिएको अवधिभित्र प्राप्त बोलपत्र जेठ ५ गते अपरान्ह ३ बजे विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालयमा खोलिने कम्पनीको भनाइ छ ।