मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर खरीदका लागि बोलपत्र पेश गर्ने आज अन्तिम दिन

भदौ २२, काठमाडौं । साउन १९ गतेदेखि लिलामीमा आएको मुक्तिनाथ विकास बैंकको संस्थापक शेयरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने आज (मंगलवार) अन्तिम दिन रहेको छ ।  बैंकको १ लाख ५ हजार ४१ कित्ता संस्थापक शेयर भदौ २२ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी लिलामीमा आएको हो ।  प्रतिकित्ता रू. ३२५ तोकिएको यो शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।  बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने यो शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।  तोकिएको अवधिभित्र प्राप्त बोलपत्र भदौ २३ गते बिहान विक्री प्रबन्धकको कमलादी, काठमाडौंमा बिहान ११ बजे खोलिने कार्यक्रम समेत तय भइसकेको छ ।