काठमाण्डाै - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपाल) को केन्द्रीय अध्यक्षमा राष्ट्रिय समाचार समिति (रासस) का प्रदीपराज वन्तसहित १३ सदस्यीय कमिटी निर्विरोध चयन भएको छ।
राष्ट्रिय फोटो पत्रकार समूह, एनएफपीजे नेपालको १२ औँ केन्द्रीय अधिवेशन तथा २५ औँ वार्षिकोत्सव रजत जयन्ती सम्पन्न भएको छ ।
अधिवेशनले वन्तको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ भने दुई केन्द्रीय सदस्य केन्द्रीय कमिटीले मनोनित गर्ने छ । राजेन्द्र चित्रकारको संयोजकत्वमा रहेको तत्कालीन कार्यसमिति भङ्ग गरी निर्विरोध नयाँ कार्यसमिति ...