झापाको जेलमा रहेका भारतीय फोटोग्राफर दुर्लभ रोय चौधरीलाई छुटाउन नेपाली फोटो पत्रकारहरुको छाता संगठन राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)ले आर्थिक संकलन गर्ने भएको छ । खोटा मुद्रा बोकेको कसुरमा विगत साढे ७ महिनादेखि जेलमा रहेका चौधरीको बाँकी कैद खरिद गर्न र जरिवाना तिर्न आर्थिक संकलन गर्न लागिएको हो । राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष प्रदीपराज वन्तका अनुसार दुर्लभलाई कारागारबाट मुक्त गर्नका लागि फोटो पत्रकार समूहले आवश्यक रकम संकलन गर्न लागेको जानकारी दिए