भारतीय फोटो पत्रकार दुर्लभलाई छुटाउन एनएफपिजेले आर्थिक संकलन गर्ने

काठमाडौं, १७ असार : नेपाली फोटो पत्रकारहरुको छाता संगठन राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)ले भारतीय फोटोग्राफर दुर्लभ रोय चौधरीलाई छुटाउन आर्थिक संकलन गर्ने भएको छ । खोटा मुद्रा बोकेको अभियोगमा साढे सात महिनादेखि झापाको जेलमा रहेका दुर्लभलाई छुटाउन एनएफपिजेले आर्थिक संकलन गर्ने भएको हो । एक वर्ष कैद र १५ हजार रुपैयाँ जरिवाना तोकिएका दुर्लभको बाँकी […]

सम्बन्धित सामग्री

भारतीय फोटो पत्रकार चौधरीलाई छुटाउन नेपाली पत्रकारहरुले आर्थिक संकलन गर्ने

झापाको जेलमा रहेका भारतीय फोटोग्राफर दुर्लभ रोय चौधरीलाई छुटाउन नेपाली फोटो पत्रकारहरुको छाता संगठन राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)ले आर्थिक संकलन गर्ने भएको छ ।  खोटा मुद्रा बोकेको कसुरमा विगत साढे ७ महिनादेखि जेलमा रहेका चौधरीको बाँकी कैद खरिद गर्न र जरिवाना तिर्न आर्थिक संकलन गर्न लागिएको हो ।   राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष प्रदीपराज वन्तका अनुसार दुर्लभलाई कारागारबाट मुक्त गर्नका लागि फोटो पत्रकार समूहले आवश्यक रकम संकलन गर्न लागेको जानकारी दिए