समाज ज्ञान, विज्ञान र प्रविधिको कारणले बितेको शताब्दीभन्दा धेरै सहज, सफल, सबल बन्दै गइरहेको छ । चीन जर्मनी, अमेरिकालगायत विश्वका २० वटै विकसित देशले पूर्वाधारको क्षेत्रमा व्यापक ज्ञान, पुँजी र बौद्धिक क्षमताको प्रयोग गरेका छन् । तिनीहरूको सापेक्षतामा हामी पछाडि भए पनि आफ्नै सापेक्षताभित्र हामी धेरै पछाडि छैनौँ । प्रयास गर्नुपर्छ सोच बदल्नुपर्छ । विशाल भारतमा गौतम अडानी भन्ने व्यवसायीले घर–घरमा पाइपबाट ग्यास पु¥याउन सक्नुभयो भने प्रधानमन्त्री केपी ओलीले भनेझैँ नेपालका घर–घरमा पाइपलाइनबाट ग्यास नपुग्ला त केही समयमा ? असम्भव पटक्कै छैन किनकि हरेक उपलब्धि प्रयासको प्रतिफल हो । उपलब्धिका लागि सोच निर्माण, सकारात्मक सोच र पूर्वाधारको विकास आवश्यक हुन्छ । हाम्रो विगत र वर्तमानबीचको खाडल यही र यस्तै प्रक्रियाबाट समथर बन्दै आएका छन् ।