जलविद्युत आयोजनाका पूर्वाधार विकासमा नियमावली बाधक हुने आशंका

काठमाडौं- राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०८० को मस्यौदामा सरोकारवालाहरूबीच छलफल थालिएको छ । जलविद्युत आयोजनाका पूर्वाधार विकासमा नियमावली बाधक बन्ने भन्दै सरोकारवालाहरूले प्रारम्भिक चरणकै मस्यौदामा बिरोध जनाएका छन् । जलविद्युत आयोजना निर्माण प्रक्रिया अगाडि बढाउन र जलविद्युत आयोजना सञ्चालनको प्रक्रियागत झन्झटिलो व्यवस्था लागू हुन लागेको भन्दै सरोकारवालाहरूले नियमावलीका बुँदा सच्याउनसमेत आग्रह गरेका छन् […]