के मन्दीको संकेत तीव्र भएको छ ? पछिल्लो केही समयदेखि मन्दीबारे व्यक्त गरिएको आशंकाले अहिले ठोस स्वरूप लिइरहेको देखिन्छ । विश्व अर्थतन्त्र मन्दीमा पर्ने भविष्यवाणी गर्ने दिग्गज अर्थशास्त्रीहरूको सूची लामो हुँदै गएको छ र अहिले विश्व बैंकको एक प्रतिवेदनले हलचल मच्चाइरहेको छ ।प्रतिवेदनका अनुसार विश्वभरका केन्द्रीय बैंकहरूले व्याजदरमा तीव्र वृद्धिका कारण सन् २०२३ मा विश्व अर्थतन्त्र मन्दीमा पर्न सक्छ । मन्दीको डरले जागिरेहरुलाई थप डर पैदा गरेको छ किनभने कोभिड–१९ को समयको कामबाट निकालिएको सम्झना