सङ्क्रमितको घरघरमा मेयर ढकाल

मोरङको दोस्रो ठुलो सहरको रूपमा विकास हुँदै गरेको सुन्दरहरैचा नगरपालिका क्षेत्र स्थित कोभिड१९ सङ्क्रमणको दोस्रो भेरिएन्टमा ७४० जना सङ्क्रमित रहेका छन्। जसमध्ये ५ महिला र १२ पुरुष गरी १७ जनाले ज्यान गुमाइसकेका छन् भने ६८ जना निको भइसकेका छन्। अझै सक्रिय सङ्क्रमितको रूपमा रहेका ६५५ जना होम आइसोलेसनमा रहेका छन्। यो महामारीको बीच सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख शिव प्रसाद ढकाल सङ्क्रमितको घरघरमा पुगेर नगरवासीको अवस्था बुझ्न व्यस्त छन्।

सम्बन्धित सामग्री

वीरगञ्ज महानगरको घरघरमा स्वास्थ्य सेवा

काठमाडौं । वीरगञ्ज महानगरपालिकाले सुरू गरेको मेयर घरदैलो स्वास्थ्य कार्यक्रममा नौ वडाका झण्डै नौ हजारले स्वास्थ्य परीक्षण गराएका छन् । विशेषज्ञ चिकित्सकहरूको टोलीसहित नगरपालिकाले घरघरमा पुगेर नगरवासीको निःशुल्क स्वास्थ्य परीक्षणका साथै आवश्यक औषधिसमेत वितरण गरेको हो । महानगरपालिकाका प्रमुख राजेशमान सिंहले १७ देखि ३२ सम्मका वडामा यो अभियान सञ्चालन हुने र अहिलेसम्म नौ वटा वडाका […]

डेंगु फैलिएपछि बालेन शाहको ३ बुँदे आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले डेंगुको संक्रमण फैलँदै गएको भन्दै महानगरबासीमा तीन बुँदे आग्रह गरेका  छन् । उनले डेङ्गुको प्रकोप रोक्नका लागि महानगरले केही अगाडिबाट नै विशेष कार्यक्रम चलाइरहेको उल्लेख गर्दै संक्रमण रोक्न सबै पक्षको सहकार्य जरुरी रहेको समेत बताएका छन् ।  ‘डेङ्गुको प्रकोप बढ्दो छ । घरघरमा डेङ्गुका बिरामीहरू बढिरहेका छन् […]

केटा चित्त बुझ्यो तर घरको नक्सा पास पो छ कि छैन!

डोजर चलाउँदै बेसमेन्ट खुलाउँदै हिँडेको छ महानगर। कर तिर्न पनि ताकेता गर्दैछ महानगर। आक्रमक शैलीमा प्रस्तुत भइरहेछ मेयर वालेन्द्र साह 'बालेन' नेतृत्वको महानगर। अहिले भने बालेनको त्यही नजर जनताको घरघरमा पुगेको छ। उनी घरको नक्सा माग्दैछन्। नक्सा जुटाउन उनले ९० दिनको अल्टिमेटम दिएका छन्। नभए भन्दैछन् : डोजर चल्छ!

मेयर बालेन शाह फेरि पुगे सिसडोल, फोहोरबाट मल र ग्यास बनाउने घोषणा

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहोर विर्सजन गर्ने नुवाकोटको सिसडोललाई एकहप्ता भित्र दूर्गन्धमुक्त बनाउने आश्वासन दिएका छन्।उपमेयर सुनिता डंगोलसहित शुक्रबार बिहान काठमाडौंको फोहोर विर्सजन गर्ने सिसडोलको अनुगमन गर्नेक्रममा स्थानीयको गुनासो सुनेपछि मेयर साहले केमिकल हालेर एक हप्ता भित्र त्यहाँ दूर्गन्ध आउने अवस्थाको अन्त्य गर्ने बताएका हुन्। त्यसका लागि आफूले विज्ञहरुसँग आवश्यक छलफल गरेको पनि उनले बताउए  । मेयर साहले ३ महिना भित्र मल र ग्याँस दुवै निकाल्न सुरु गरेर त्यहाँको फोहोर व्यवस्थापन गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । उनले भने  ‘एक हप्तामा गन्ध नआउने गरी केमिकलको व्यवस्था गरिन्छ । मल र ग्याँस पनि बनाईन्छ । त्यसका लागि ३ महिना लाग्छ । केमिकल हालिसकेपछि एक हप्ता भित्र गन्ध हटाईन्छ । बन्चरेडाँडाको पनि सबै रिर्पोट हेरियो । सडने र नसडने फोहोर छुट्टयाउने । त्यसबाट मुल र ग्यास निकाल्ने हो । सडने र सडने फोहोर छुट्टयाउनका लागि काठमाडौं महानगरपालिकाले घरघरमा जनचेतना फैल्याउने काम गर्नेछ ।’मेयर साहले फोहोर व्यवस्थापनका लागि सड्ने र नसड्ने फोहोर छुट्टयाउनुपर्ने उल्लेख गर्दै त्यसका लागि छिट्टै काठमाडौंबासीको घरघरमा जनचेतनामूलक कार्यक्रम संचालन गर्ने योजना पनि सार्वजनिक गरे । त्यस अवसरमा उनले तत्कालका लागि भने काठमाडौंमा थुप्रिएको फोहोर व्यवस्थापनमा अवरोध नगर्न पनि स्थानीयसँग आग्रह गरे । स्थानीयको सबै समाधान हुने तर फोहोर विर्सजन गर्न भने स्थानीयले अवरोध गर्न नहुने उनको भनाई थियो ।मेयर साहले आफ्नो पहिलो प्राथमिकता काठमाडौंको फोहोरबाट सिर्जित समस्या समाधान गर्नु रहेको पनि पटकपटक दोहो¥याए । यता, स्थानीयले भने आफूहरुको माग सम्बोधन नगरेसम्म काठमाडौंको फोहोर विर्सजन गर्न दिन नसकिने अडान राखेका थिए ।

महेश बस्नेतको प्रश्न : कांग्रेस नेताको घरमा खोप भेटिँदा नैतिकताको प्रश्न उठ्दैन?

काठमाडौं : नेकपा एमालेका सांसद महेश बस्नेतले कांग्रेस नेताहरुको घरघरमा कोरोनाको खोप भेटिँदा नैतिकताको प्रश्न उठ्छ कि उठ्दैन? भनेर प्रश्न गरेका छन्।बिहिबारको संसद् बैठकमा बोल्दै बस्नेतले भने, 'कांग्रेसका मेयर, कांग्रेस उपसभापतिको घरमा, होटलमा खोप देखियो, धनकुटा नेपाली कांग्रेसको लेटर प्याडमा तपाईँ मन्त्री स्वयमले तोक लगाएर खोप पठाउनु भएको छ, यो बारेमा तपाईलाई नैतिकताको प्रश्न उठ्छ कि उठ्दैन?' उनले विद्यार्थीहरुको परीक्षा स्वास्थ्य मापदण्ड पुरा गरी वैकल्पिक उपायहरु अबलम्बन गर्न आग्रह

औषधि पुर्‍याउन संक्रमितको घरघरमै पुग्छन् नगर प्रमुख

वीरेन्द्रनगर नगरपालिकाले होम आइसोलेसनमा रहेका कोरोना संक्रमितको घरमै पुगेर औषधि वितरण सुरु गरेको छ । मेयर देवकुमार सुवेदी आफै संक्रमितहरुको घरघरमा पुगेर आवश्यक औषधि र अन्य सामाग्रीहरु दिन्छन् ।...