मोरङको बेलबारी नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गरेको छ ।
कार्यक्रम बनाएर नगरपालिकाले मृतकका घरघरमा गएर परिवारलाई सहयोग गरिरहेको छ ।
‘दुःखमा नगरपालिका कार्यक्रम’मार्फत नगरपालिकाले कोरोनाबाट ज्यान गुमाएका नगरवासीका घरघरमा पुगेर आर्थिक सहयोग गर्न थालेको मेयर ज्ञानेन्द्र सुवेदीले बताए ।
‘विश्वव्यापी बनेको कोरोना महामारीले नेपाल पनि अछुतो रहन सकेन,’ मेयर सुवेदीले भने, ‘हाम्रो बलबुताले भ्याएसम्म रोकथामको प्रयास गरेका थियौं...