वीरगञ्ज महानगरको घरघरमा स्वास्थ्य सेवा

काठमाडौं । वीरगञ्ज महानगरपालिकाले सुरू गरेको मेयर घरदैलो स्वास्थ्य कार्यक्रममा नौ वडाका झण्डै नौ हजारले स्वास्थ्य परीक्षण गराएका छन् । विशेषज्ञ चिकित्सकहरूको टोलीसहित नगरपालिकाले घरघरमा पुगेर नगरवासीको निःशुल्क स्वास्थ्य परीक्षणका साथै आवश्यक औषधिसमेत वितरण गरेको हो । महानगरपालिकाका प्रमुख राजेशमान सिंहले १७ देखि ३२ सम्मका वडामा यो अभियान सञ्चालन हुने र अहिलेसम्म नौ वटा वडाका […]

सम्बन्धित सामग्री

निःशुल्क बाल स्वास्थ्य शिविर

नागरिकको आवश्यकता अनुसार घरघरमा स्वास्थ्य सेवा दिँदै आएको अर्जुनचौपारी गाउँपालिकाले निःशुल्क बाल स्वास्थ्य शिविर गरेको छ । शिविरमा बालबालिकाको निःशुल्क स्वास्थ्य जाँच एवम् दाँतको स्क्रिनिङ्ग सेवा प्रवाह गरिएको हो ।

ज्येष्ठ नागरिक तथा अशक्तको लागि घरघरमा स्वास्थ्य सेवा

गोरखा जिल्लाको ११ स्थानीय तहमध्ये गण्डकी गाउँपालिकाले गाउँ सभाबाट बजेट विनियोजन गरी पालिका भित्रका सबै वडाहरूमा ज्येष्ठ नागरिक तथा अशक्तहरूको लागि घर घरमा डाक्टर पठाएर सेवा प्रदान गर्दै आएको छ ।

घरघरमा स्वास्थ्य सेवा पुर्‍याउनुपर्छ : महामन्त्री थापा

कांग्रेस महामन्त्री गगन थापाले घरघरमा स्वास्थ्य सेवा पुर्‍याउनुपर्ने आवश्यकता रहेको बताएका छन् । बिहीबार काठमाडौंमा अयोाजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले बाथ रोगको जनचेतना फैलाउन सबै मिलेर लाग्नुपर्ने पनि बताए ।

घरघरमा स्वास्थ्य सेवा पुर्‍याउनुपर्छ : महामन्त्री थापा

कांग्रेस महामन्त्री गगन थापाले घरघरमा स्वास्थ्य सेवा पुर्‍याउनुपर्ने आवश्यकता रहेको बताएका छन् । बिहीबार काठमाडौंमा अयोाजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले बाथ रोगको जनचेतना फैलाउन सबै मिलेर लाग्नुपर्ने पनि बताए ।

ज्येष्ठ नागरिकको घरघरमा स्वास्थ्य सेवा

नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिका–९ की पुतली कुमाल ७५ वर्ष पुगिन् । उमेर ढल्किँदै गएपछि विभिन्न स्वास्थ्य समस्याले उनी पीडित छन् ।स्वास्थ्यकर्मीले घरमै आएर स्वास्थ्यजाँच गराउन थालेपछि पुतली कुमाल खुसी भएकी छन् । स्वास्थ्यकर्मीले घरमै आएर रक्तचाप, मधुमेह, दमलगायतका रोगको जाँच गरी आवश्यक औषधि नि:शुल्क उपलब्ध गराएका छन् । मध्यविन्दु नगरपालिका–९ कै ७८ वर्षीय रोशन सिंहलाई […]

हेटौंडामा गठबन्धनको घोषणापत्र सार्वजनिक

पाँच दलीय सत्ता गठबन्धनले हेटौंडा उपमहानगरपालिकाको लागि संयुक्त घोषणा पत्र सार्वजनिक गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरि स्थानीय तहको लागि २२ बुँदे घोषणा पत्र सार्वजनिक गरेको हो ।घोषणा पत्रमा स्वास्थ्य, शिक्षा, खानपानी तथा सरसफाइ, खेलकुदलाई विशेष प्राथमिकतामा राखिएको छ । हेटौंडा अस्पतालको स्तरोन्नति गर्न पहल गर्ने, ज्येष्ठ तथा अशक्त नागरिकको लागि घरघरमा स्वास्थ्य सेवा उपलब्ध गराउने, आद्योगिक क्षेत्रको लागि अनिवार्य आवश्यक जनशक्ति उत्पादन गर्ने लगायतका विषयहरु घोषणापत्रमा उल्लेख गरिएको छ

कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि कूटनीतिक नोट

सरकारले कोभिड–१९ को महामारी विरुद्धको खोप प्राप्तिका लागि तेस्रो चरणको खोप परीक्षण गरिरहेका राष्ट्रलाई कूटनीतिक नोट पठाइसकेको छ । कोरोना विरुद्ध तेस्रो चरणको खोप परीक्षणमा रहेका भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, रुस र अष्टे«लियालगायतका मुलुकलाई कूटनीतिक नोट पठाइसकिएको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जानकारी दिनुभयो । कोभिड–१९ विरुद्धको खोप(भ्याक्सिन) नआएसम्म मानिसको दैनिक दिनचर्या यस्तै रहने निचोडका साथ खोपका माध्यमबाट सहजरूपमा उपचार होस् भनी सरकार त्यसमा जुटेको हो । राज्यको स्रोत र सामथ्र्यका आधारमा कोरोनाबाट सिर्जित समस्या समाधान गर्न युद्धस्तरमा सरकारले काम गरिरहेको बताउदैँ उहाँले भन्नुभयो, “ठूलो सङ्ख्यामा होम आइसोलेसनमा बसेका बिरामीलाई घरघरमा स्वास्थ्य सेवा पुर्याउनु र रेखदेख गर्नु अहिलेको मुख्य चुनौती हो । कोभिड–१९ बाट मुलुकमा हालसम्म एक हजार ३६२ जनाको मृत्यु भइसकेको छ भने दुई लाख २४ हजार ७८ जना सङ्क्रमित भइसकेका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार ८५९ छ ।

स्वास्थ्य जागरण अभियान सम्पन्न

बुढानीलकण्ठ नगरपालिका वडा नं. १० ले स्वास्थ जागरण अभियान सुरु गरेको छ । घरघरमा स्वास्थ्य सेवा नारा दिइएको अभियानको शनिबार कपनको बालुवाखानीमा एक कार्यक्रमकाबीच सुरुवात गरिएको छ।

किन गर्‍यो स्थगित काठमाडौं महानगरले घरघरमा स्वास्थ्य सेवा ? :: Pahilopost.com

काठमाडौँ : स्वास्थ्य मन्त्रालयबाट खटाइएका चिकित्सकको काज फिर्ता भएपछि काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिकलाई घरघरमा दिँदै आएको स्वास्थ्य सेवा स्थगित भएको छ।  महानगरभित्रका कुल ५९६ जना ज्येष्ठ नागरिकमध्ये हालसम्म ३५० जना ज्येष्ठ नागरिकलाई मात्र स्वास्थ्य सेवा दिएको थियो।  गत असार ६ गतेको महानगरको दोस्रो कार्यपालिका बैठकले स्वास्थ्य सेवा दिनेसम्बन्धी निर्णय गरी

काठमाडौं महानगरको ‘घरघरमा स्वास्थ्य सेवा’ कार्यक्रम स्थगित

काठमाडौं– स्वास्थ्य मन्त्रालयबाट खटाइएका डाक्टरको काज फिर्ता भएपछि काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिकलाई  दिँदै आएको ‘घरघरमा स्वास्थ्य सेवा’ कार्यक्रम स्थगित भएको छ...