डेंगु नियन्त्रण गर्न हरेक वडामा ५० हजारदेखि १ लाखसम्म बजेट छुट्टयाइएको छ : मेयर बालेन

काठमाडौं : काठमाडौं महानगरका मेयर बालेन साहले महानगरभित्र डेंगु संक्रमण नियन्त्रणका लागि वडा तहमा बजेट छुट्ट्याएर काम गरिरहेको बताएका छन्।सामाजिक सञ्जालमा लेख्दै मेयर साहले वडाको आकार अनुसार ५० हजार देखि १ लाख रुपैयाँ बजेट छुट्ट्याएर काम भइरहेको बताएका हुन्।‘वडाको आकार अनुसार ठुला वडाहरूमा रु १ लाख, मध्यमका लागि रु ७५ हजार तथा साना वडाहरूमा रु ५० हजारका दरमा बजेट छुट्याइएको छ।’ उनले लेखेका छन्। घरघरमा डेंगुका विरामी बढेको भन्दै  जाडो आएर डेङ्गु आफै जान्छ भनेर नपर्खन मे