काठमाडौंका मेयर बालेन्द्र शाह सिसडोलमा, केमिकल हालेर एक हप्ता भित्र दुर्गन्ध हटाउँछौं

जेठ २०, काडमाडौं।  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहोर विर्सजन गर्ने नुवाकोटको सिसडोललाई एकहप्ता भित्र दुर्गन्धमुक्त बनाउने आश्वास दिएका छन्  । उपमेयर सुनिता डंगोलसहित शुक्रबार बिहान काठमाडौंको फोहोर विर्सजन गर्ने सिसडोलको अनुगमन गर्नेक्रममा स्थानीयको गुनासो सुनेपछि मेयर शाहले केमिकल हालेर एक हप्ता भित्र त्यहाँ दुर्गन्ध आउने अवस्थाको अन्त्य गर्ने  बताएका छन् ।   त्यसका लागि आफूले विज्ञहरुसँग आवश्यक छलफल गरेको पनि  उनले जानकारी दिए । मेयर शाहले ३ महिना भित्र मल र ग्याँस दुवै निकाल्न सुरु गरेर त्यहाँको फोहोर व्यवस्थापन गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको छन ।  ‘एक हप्तामा गन्ध नआउने गरी केमिकलको व्यवस्था गरिन्छ । मल र ग्याँस पनि बनाईन्छ । त्यसका लागि ३ महिना लाग्छ । केमिकल हालिसकेपछि एक हप्ता भित्र गन्ध हटाईन्छ । बन्चरेडाँडाको पनि सबै रिर्पोट हेरियो । सडने र नसडने फोहोर छुट्टयाउने । त्यसबाट मुल र ग्यास निकाल्ने हो । सडने र सडने फोहोर छुट्टयाउनका लागि काठमाडौं महानगरपालिकाले घरघरमा जनचेतना फैल्याउने काम गर्नेछ,’ स्थानीयसंग उनले भने । मेयर साहले फोहोर व्यवस्थापनका लागि सड्ने र नसड्ने फोहोर छुट्टयाउनुपर्ने उल्लेख गर्दै त्यसका लागि छिट्टै काठमाडौंबासीको घरघरमा जनचेतनामूलक कार्यक्रम संचालन गर्ने योजना रहेको बताए । उनले काठमाडौंमा थुप्रिएको फोहोर व्यवस्थापनमा अवरोध नगर्न पनि स्थानीयसँग आग्रह गरेका छन्  । स्थानीयको सबै समाधान हुने तर फोहोर विर्सजन गर्न भने स्थानीयले अवरोध गर्न नहुने उनको भनाई थियो । मेयर साहले आफ्नो पहिलो प्राथमिकता काठमाडौंको फोहोरबाट सिर्जित समस्या समाधान गर्नु रहेको पनि पटकपटक दोहोर्‍याएका थिए । यता, स्थानीयले भने आफूहरुको माग सम्बोधन नगरेसम्म काठमाडौंको फोहोर विर्सजन गर्न दिन नसकिने अडान राखेका थिए ।  

सम्बन्धित सामग्री

सिंहदरबारकाे फाेहाेर नउठ्नुमा बालेनले दिए १४ बुँदे प्रष्टीकरण

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले सिंहदरबारको फोहोर नउठाउने निर्णय लिनुका कारणबारे प्रष्टीकरण दिएका छन् ।

काठमाडौंका मेयर शाह र चिनियाँ राजदुतबिच भेटवार्ता

काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह र चिनिया राजदुत सेन सङ बिच भेटवार्ता भएको छ। भेटका लागि राजदूत सङ प्रमुख शाहको कार्यकक्षमा आएका थिए।...

एमाले नेता महेश बस्नेतलाई किन भेटे बालेनले ?

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेकपा एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेतबीच भेटवार्ता भएको छ ।

सुकुम्बासी बस्ती हटाउनेबारे मेयर बालेनले गरे प्रधानमन्त्रीसँग छलफल

बागमती नदी किनारका अवैध संरचना तथा बस्ती हटाउनेबारे काठमाडौं महानगरका मेयर बालेन्द्र शाह बालेनले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन् ।

शिक्षा र स्वास्थ्यको व्यापार

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेको व्यापारीकरण बन्द हुनुपर्छ भन्ने धारणासँग धेरै मानिसले सहमति जनाएका छन्।...

बालेनकाे कडा विज्ञप्ति- मिचाहालाई थप माेटाउन दिने छैनाैँ

काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले सार्वजनिक संचरना मिच्ने मिचाहा वर्गलाई कानुन मिचिरहन र अझ मोटाइरहन नदिने प्रष्ट पारेका छन् ।

स्वास्थ्य र शिक्षालाई सेवामुलक बनाइनेछ : मेयर बालेन शाह

काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले स्वास्थ्य र शिक्षा क्षेत्र व्यापारिक नभइ सेवामुलक हुनुपर्ने बताएका छन् । छत्रपाटी निःशुल्क चिकित्सालयको अवलोकनपछि मेयर शाहले स्वास्थ्य र शिक्षा प्राथमिक एजेन्डा भएको...

काठमाडौंका मेयर बालेन्द्र शाह र सिसडोलबासी बिच चर्काचर्की

काठमाडौं।काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन र उपमेयर सुनिता डंगोलले शुक्रबार काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने स्थान नुवाकोटको सिसडोल र बञ्चरेडाँडाको अवलोकन गरेका छन्।उनीहरुले त्यस क्रममा फोहोर बिसर्जन गर्ने क्षेत्रका वसिन्दासँग उनीहरुको समस्याको विषयमा छलफल गरेका थिए।हालै बञ्चरेडाँडामा तयार भएको ल्याण्डफिलसाइटको एउटा सेलमा ११ वैशाखदेखि फोहोर विसर्जन गर्न सुरु भएको थियो। तर स्थानीय वासिन्दाले त्यहाँ फोहोर फाल्न अवरोध गरेका छन्।