काठमाडौं : नेकपा एमालेका सांसद महेश बस्नेतले कांग्रेस नेताहरुको घरघरमा कोरोनाको खोप भेटिँदा नैतिकताको प्रश्न उठ्छ कि उठ्दैन? भनेर प्रश्न गरेका छन्।बिहिबारको संसद् बैठकमा बोल्दै बस्नेतले भने, 'कांग्रेसका मेयर, कांग्रेस उपसभापतिको घरमा, होटलमा खोप देखियो, धनकुटा नेपाली कांग्रेसको लेटर प्याडमा तपाईँ मन्त्री स्वयमले तोक लगाएर खोप पठाउनु भएको छ, यो बारेमा तपाईलाई नैतिकताको प्रश्न उठ्छ कि उठ्दैन?' उनले विद्यार्थीहरुको परीक्षा स्वास्थ्य मापदण्ड पुरा गरी वैकल्पिक उपायहरु अबलम्बन गर्न आग्रह