काठमाण्डाै - सरकारले दक्षिण अफ्रिका हुँदै नेपाल आउने यात्रुहरुलाई एक हप्ता अनिवार्य क्वरेण्टीन राख्ने निर्णय गरेको छ ।
दक्षिण अफ्रिकामा भेटिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनलाई विश्व स्वास्थ्य सङ्गठनले भेरियन्ट अफ कन्सर्न घोषणा गरेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनिवार्य क्वरेण्टीनको व्यवस्था गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्ण पौडेलले जानकारी दिनुभयो ।
नेपालले अहिले खोप नलगाइ आउने यात्रुहरूलाई एक हप्ताको क्वरेण्टीन अनिवार्य गरे पनि पूर्ण मात्रामा खोप लगाइसकेका यात्रुहरूलाई होटेल क्वरेण्टीन अनिवार्य गरेको ...