काठमाण्डौ – भारतमा चलिरहेको विश्वकप क्रिकेट २०२३ को दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलिया र दक्षिण अफ्रिका खेल्ने पक्का भएको छ । अङ्क तालिकामा दक्षिण अफ्रिका दोस्रो र अष्ट्रेलिया तेस्रो स्थानमा रहने पक्का भएपछि सेमिफाइनलमा यी दुई टोलीको भेट हुने भएको हो । यी दुई देशबीच कात्तिक ३० गते इर्डेन गार्डेन कोलकातामा सेमिफाइनल हुनेछ ।
यस्तै भारतले चौथो स्थानको टोलीसँग वानखडे स्टेडियम मुम्बईमा कात्तिक २९ गते सेमिफाइनल खेल्नेछ । चौथो स्थानमा रहँदै सेमिफाइनल खेल्ने प्रतिस्पर्धामा न्युजिल्याण्ड, अफगानिस्तान र पाकिस्तान छन् । समान ८ खेलमा...