‘अमुक व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गर्नू भनी परमादेश हुन सक्दैन, रिट खारेज गरिपाऊँ’

राष्ट्रपति कार्यालयले कसैको सिफारिस विना राष्ट्रपति स्वयंबाट संविधान बमोजिम सम्पादन भएको कामकारवाही र निर्णय अदालतबाट बदर हुन नसक्ने जवाफ सर्वोच्च अदालतलाई पठाएको छ । अमुक व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गर्नू भनि परमादेश जारी हुन नसक्ने पनि राष्ट्रपति कार्यालयको जवाफ छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट राष्ट्रपति कार्यालयका निमित्त सचिव रूपनारायण भट्टराईले महान्यायाधीवक्ता कार्यालयमार्फत सर्वोच्चमा पठाएको जवाफमा राष्ट्रपति कार्यालयलाई विपक्षी बनाएर दायर गरिएको रिट निवेदन बदरभागी हुँदा खारेज गर्न माग गरिएको छ ।&nb...