वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले १४९ सांसदले हस्ताक्षरसहित समर्थन गरेका कांग्रेस सभापति शेरबहादुर देउवालाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्न नमिल्नुका ५ आधार पेश गरेका छन् ।
देउवालाई प्रधानमन्त्रीमा नियुक्तिको परमादेश र प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै परेको रिटमा विपक्षी प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट बुधवार सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस गर्दै भण्डारीले ५ कारणले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने जिकिर गरेका हुन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजल...