काठमाडौं । कोरोना संक्रमण भई नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल स्वस्थ भई आज डिस्चार्ज हुँदैछन् । बैशाख १८ गते शनिवार नर्भिक अस्पतालमा भर्ना भएका खनाललाई अक्सिजनको सपोर्टमा उपचार सुरु गरिएको थियो । अस्पतालमा भर्ना भएको भोलिपल्टदेखि नै उनलाई प्लाज्मा थेरापी विधिबाट समेत उपचार गरिएको अस्पतालले जनाएको छ । अस्पताल भर्ना भएपछि उनको स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार भएको र २ दिनअघि स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको अस्