पूर्व रानी कोमल शाहको स्वास्थ्यमा सुधार, आईसीयूबाट वार्डमा

कोरोना संक्रमण भएर नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचाररत पूर्व रानी कोमल शाहको स्वास्थ्यमा सुधार आएको छ । शाहलाई सघन उपचार कक्ष (आईसीयू) बाट बुधवार कोभिड वार्डमा सारिएको हस्पिटलले जनाएको छ । अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै शाहलाई गत बिहीवारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको जनाउँदै आईसीयूमै राखेर उपचार भइरहेकोमा स्वास्थ्य अवस्थामा सुधार भएपछि बुधवारदेखि वार्डमा सारिएको जनाएको छ । शाहको स्वास्थ्य अवस्थामा क्रमिक र दैनिक रूपमा सुधार भइरहेको अस्पतालले जनाएको छ । हस्पिटलमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाह...

सम्बन्धित सामग्री

पूर्वराजा ज्ञानेन्द्र शाह संक्रमणमुक्त

काठमाडौं  ः पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमणमुक्त भएका छन्।  संक्रमित भएर १९ दिनदेखि उपचार गराइरहेका पूर्व राजा ज्ञानेन्द्र शाह पूर्ण स्वस्थ भएर बुधबार राति नर्भिक अस्पतालबाट डिस्चार्ज भएका छन्। पूर्व राजा ज्ञानेन्द्र, रानी कोमल र छोरी प्रेरणालाई कोरोना भएपछि नर्भिक अस्पतालमा उपचार भइरहेको थियो।  अस्पतालमा पूर्व राजाको परिवारलाई अक्सिजनको सपोर्ट दिएर राखिएको थियो। लगातारको उपचारपछि तीनै जनाको स्वास्थ्यमा सुधार आएको थियो। कोरोना भाइरसका लक्षणहरू हराएपछि पूर्व राजाको ती

अक्सिजनको हाइफ्लो सपोर्टमा उपचाररत पूर्व रानी कोमल शाहको स्वास्थ्यमा सुधार

काठमाडौं । पूर्व रानी कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार हुन थालेको छ । कोरोना संक्रमण भएपछि नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत शाहको स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको हो ।कोरोना संक्रमण भई ९ दिनअघि अस्पताल भर्ना भएकी शाहलाई गत बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । उनको हाल आइसीयुमै राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ । अक्सिजनको हाइफ्लो सपोर्टमा उपचार जारी राखिए पनि स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार भइरहेको अस्पतालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।