दाङ - दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कपाल उमार्ने उपचार सुरु भएको छ । दाङमै पहिलो पटक घोराहीमा यो सेवा सुरु भएको हो।प्लेटेलेट्स रिच प्लाज्मा थेरापी (पीआरपी) विधिबाट कपाल झरेको ठाउँमा उमार्ने उपचार सुरु भएको प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईले जानकारी दिनुभयो।बिरामीको रगत निकालेर रगतबाट प्लेटेलेट्ससहितको प्लाज्मा कपाल झरेको ठाउँमा सुईद्वारा दिएपछि पोषक तत्वको वृद्धि भइ कपाल उम्रने सम्भावना हुने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको छाला रोग विशेषज्ञ डा. कृष्ण झा बताउनुभयो ।...