काठमाडौंको बसन्तपुर डबलीमा बलात्कार पीडित निहारिका राजपूतको न्यायका लागि अनसन बसेका दुई जनाले मंगलबार अनसन तोडेका छन्। अनसन जारी रहेको पाँचौं दिनमा निहारिकाका समर्थक जस्मिन ओझा र देव शर्माले अनसन तोडेका हुन्। महिला आयोगका अधिकारीहरु, मोहना अन्सारी, विद्यार्थी नेताहरु माधव ढुंगेल, नविना लामालगायतको आग्रहमा आफूहरुले अनसन तोडेको जस्मिनले बताइन्। २०७६ कात्तिक ६ गते साँझ नाबालिग […]