बैतडी : पारिश्रमिकको माग राख्दै अनसनरत सडक मजदुरहरुले २० दिनपछि अनसन तोडेका छन्।पाटन–पञ्चेश्वर सडकमा कार्यरत सडक मजदुरहरुले २१ महिनादेखि पारिश्रमिक नपाएको भन्दै गत असार १८ गतेदेखि अनसन सुरु गरेका थिए। पाटन–पञ्चेश्वर सडकको जिरो पोइन्ट पाटनमा अनसन बसेका १२ जना सडक मजदुरहरुलाई पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले जुस खुवाएर अनसन तोडाएका हुन्।सडक मजदुरहरुका समस्या समाधानका लागि जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टको संयोजकत्वमा गठित समितिले वार्ता गरेपछि उनीहरुले अनसन तोडेका ह