वैदेशिक अध्ययन परामर्श व्यवसायले शैशवकालदेखि प्रतिष्ठाको प्रश्न झेल्दै आइरहेको छ । यस क्षेत्रले व्यवसायमा कैयन् आरोह-अवरोह खेपिसकेको भएतापनि उहिल्यैदेखि ओरालो लागेको प्रतिष्ठाको ग्राफ आजकाल झन् तीव्र गतिमा ओरालो ओर्लिरहेकै छ । यो व्यवसायलाई मर्यादित एवम् प्रतिष्ठित बनाउने उद्देश्य बोकेर यस क्षेत्रका अग्रजहरूको उत्साहजनक हातेमालोमा नेपाल शैक्षिक परामर्श संघ स्थापना भयो । आवेग, अहम् र आरिसमा […]