अब अनलाइनबाटै क्युआर कोडसहितको एनओसी डाउनलोड गर्न सकिने, लाइन लाग्नुपर्ने झन्झट हट्दै

अब अनलाइनबाटै वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) डाउनलोड गर्न पाइने भएको छ । वैदेशिक अध्ययन स्वीकृति सम्बन्धि नयाँ निर्देशिका जारी गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाइनबाटै क्युआरसहितको एनओसी डाउनलोड गर्न सकिने व्यवस्था गरेको हो ।  अबको केही समयमै विद्यार्थीहरूले सानोठिमी नगइ घरमै बसेर एनओसी डाउनलोड गर्न पाउने छन् । यसले गर्दा एनओसी लिन लामो लाइन...

सम्बन्धित सामग्री

डिजिटल बन्दै वीपी प्रतिष्ठान, रिपोर्ट पनि अनलाईनबाटै

पुस ३, धरान । केही दिनअघि अनलाइनबाटै ओपिडीको पूर्जी काट्न सक्ने सेवा शुरु गरेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले बिहीवारदेखि ल्याबको रिपोर्ट पनि अनलाइनबाटै हेर्न सक्ने बनाएको छ । प्रतिष्ठानले मिदास टेक्नोलोजीसँगको सहकार्यमा सेवा शुरु गरेको हो । अब ल्याबको रिपोर्ट लिन पनि लाइनमा बस्न नपर्ने र अनलाइन वा वीपी प्रतिष्ठानको एप्समार्फत मोवाइलमै रिपोर्ट हेर्न सकिने प्रतिष्ठान डेपुटी अस्पताल निर्देशक डा. विकास साहले जानकारी दिए ।  उनले भने, ‘अब रिपोर्ट लिन लाइन लागेर घण्टौ उभिनु पदैन, जहीबाट पनि मोवाइल एप्सबाटै आफ्नो रिपोर्ट हेर्न सकिन्छ । नपढेका मान्छेले पनि पढेलेखेकालाई पासवर्ड दिएर रिपोर्ट हेर्न, प्रिन्ट गर्न सकिन्छ ।’ अस्पताल प्रशासनका अनुसार नयाँ सिस्टमले द्रुतगतिमा काम हुन्छ भने जनशक्ति पनि विगतमा जस्तो धेरै आवश्यक पर्दैन । डा. साहले भने, ‘अब मेशिनको डाटा सिधै सिस्टममा जाने, र भेरिफाइ गरेपछि अनलाइनमा जान्छ, त्यसैले जनशक्ति पनि थोरै भए हुन्छ, र द्रुतगतिमा काम हुन्छ, पहिला परीक्षण गर्ने मेशिनमा आएको तथ्यांकलाई कागजमा लेखेर कम्प्युटरमा टाइप गर्दा जुन मानवीय त्रुटी हुने जोखिम थियो, अब हुँदैन ।’ मिदासका बिजनेश मेनेजर राजिव कार्कीका अनुसार प्रतिष्ठानको सेन्ट्रल ल्याब र इर्मजेन्सी ल्याबको रिपोर्ट मोवाइल एप्सबाटै हेर्न सकिन्छ । यसको लागि वीपीकेआइएचएस एप डाउनलोड गर्नुपर्ने उनले बताए ।  एपको प्रोफाइलमा गएर युजर नेम र पासवर्ड लगइन गरेपछि रिपोर्ट हेर्नसकिने कार्कीको भनाइ छ । ‘कुनै पनि टेष्ट गर्नुपर्दा विल काट्नुपर्छ, त्यो विलमा नै युजरनेम र पासवर्ड लगइन गरेपछि रिपोर्ट हेर्न सकिन्छ,’उनले भने । विदेशमा भएका आफन्तले विरामीको रिपोर्ट मोवाइलमा हेरेर त्यहीको विशेषज्ञसँग सल्लाह लिन पनि सक्ने डेपुटी अस्पताल निर्देशक डा.साह बताउँछन् । उनका अनुसार यो सिस्टम ओपिडीको हरेक डाक्टरको अघि मनिटर राखेर सिधै रिपोर्ट हेर्न सक्ने बनाउने भावी योजना छ ।

बीपी प्रतिष्ठानमा बिल काट्न अनलाईन सिस्टम लागू

मंसिर २५, धरान । घण्टौं लाइनमा बसेर बिल काट्नु पर्ने बाध्यतालाई हटाउँदै धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अनलाईनबाटै बिल काट्ने प्रविधिको शुरुवात गरेको छ ।  कोरोना महामारीको समयमा अनलाईन सिस्टम लागू गर्न खोजे पनि विभिन्न प्राविधिक समस्याले चालू गर्न नसकेको अनलाईन बिल काट्ने प्रविधिलाई परिमार्जन गर्दै सञ्चालनमा ल्याएको छ ।  प्रदेश एक सहित प्रदेश दुई र भारतीय बिरामीहरु समेत उपचारका लागि प्रतिष्ठान आउने गर्दछन् । दैनिक जसो तीन हजार बिरामीहरुले सेवा लिने गरेका छन् । बिल काट्न नै सहज नहुँदा बिरामीको गुनासो बढ्दै गएपछि पुनः अनलाईन टिकट वितरणमा डिजिटल सेवाको शुरुवात गरेको हो ।  प्रतिष्ठानले शुक्रवारदेखि एपमार्फत डिजिटल सेवा शुरु गरेको जानकारी दिएको छ । अस्पताल प्रशासनका अनुसार मोवाइल एप्लिकेसन मार्फत बिरामीले अनलाइन टिकट लिन सक्नेछन् ।  सेवाग्राहीले एन्ड्रोइड मोवाइलको प्ले स्टोरबाट विपिकेआइएचएस एप्लिकेसन डाउनलोड गरेर एपबाटै टिकट काट्न सक्ने जानकारी दिएको छ । यो प्रविधिले घण्टौ लाइनमा बसेर पुर्जी काट्नु पर्ने बाध्यताबाट बिरामीहरुले छुट्कारा पाउने विज्ञप्ती जारी गर्दै अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साहले बताएका छन् ।  उनका अनुसार सेवालाई विस्तार गरेर ल्याब परीक्षणका रिपोर्टहरु पनि अनलाइनबाटै हेर्न मिल्ने बनाइने भएको छ । यस्तै, पेइङतर्फको बिरामीको नाम दर्ता पनि चाडै सञ्चालनमा ल्याउन निर्देशन दिइएको साहले बताए । यो सेवाको उपयोग गर्न बिरामीलाई सिकाउन टिकट काउन्टर भवनको बाहिर सहयोगी समेत राखिएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।  एप्स मार्फत कुन विभागको कुन टिममा बिरामी देखाउने भनेर छान्न सकिने गरी विकास गरिएको छ । अनलाइन रजिष्ट्रेसन भएको बिरामी सिधै ओपिडीमा गएर डाक्टरलाई भेट्न सक्ने प्रबन्ध मिलाइएको सहप्रवक्ता डा.चुरामनि पोखरेलले बताए ।

राष्ट्रिय मानव अधिकार आयोगमा अनलाइनबाटै यसरी टिपाउनुहोस् उजुरी

अब अनलाइनबाटै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी गर्न सकिने भएको छ । राष्ट्रिय मानव अधिकार आयोगको मोबाइल एपबाट  अनलाइन उजुरी टिपाउन सकिने भएको हो ।  हाल आयोगको एप एन्ड्रोइडमा मात्रै उपलब्ध रहेको छ । एपमा विभिन्न विशेषता छन् । मोबाइल एप १ हजार बढीले डाउनलोड गरेका छन्  मोबाइल एप नेपाली र अंग्रेजी दुबै भाषामा प्रयोग गर्न सकिन्छ । एपबाट लिखित तथा मौखिक रूपमा अनलाइन उजुरी...