काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले सडकमा थुप्रिएको फोहोर भोलिसम्ममा उठाइसक्ने दाबी गरेको छ ।
बञ्चरेडाँडा ल्याण्डफिट साइटका प्रभावितले साउन १ गतेदेखि अवरोध गरेपछि बन्द भएको फोहोर उठाउने काम हिजोदेखि शुरु भएको र भोलिसम्ममा सबै फोहोर उठाइसक्ने काठमाण्डौ महानगरपालिका वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिनुभयो ।
सडकको फोहोर व्यवस्थापन सकिएपछि मंगलवारदेखि घर–घरको फोहोर पनि व्यवस्थापन हुने उहाँले बताउनुभयो ।
एक वर्षअघि काठमाण्डो महानगरपालिका र स्थानीयबीच भएको सहमति कार्यान्वयन नभएको भ...