काठमाडौँ । काठमाडौँ महानगरपालिका र नुवाकोटको सिसडोलका बासिन्दाबीच फोहोर व्यवस्थापनबारे ९ बुँदे सहमति भएसँगै काठमाडौँमा दुई हप्तादेखि थुप्रिएको फोहोर आज (बुधबार) बाट उठाउन थालिएको छ। काठमाडौँ उपत्यकाबाट सङ्कलित एक हजार दुई सय मेट्रिक टन फोहोर दैनिकरुपमा सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । तर बर्खाको बेला सिसडोलसम्म पुग्ने बाटो बिग्रिएको कारण देखाउँदै महानगरपालिकाले फोहोर नउठाउँदा राजधानी […]