काठमाण्डाै – काठमाण्डौमा दुई हप्तादेखि थुप्रिएको फोहोर आजदेखि उठ्न थालेको छ । काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाण्डौका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतको हिजोको बैठकले आजदेखि फोहोर उठाउने निर्णय गरेको हो ।
लामो समय फोहोर नउठ्दा अरु समस्या आउने खतरा बढेकोले विसर्जनस्थलको समस्याकैबीच पनि फोहोर उठाउन थालिएको हो । विसर्जनस्थलको समस्या समाधानका लागि अरु निकायसँग समन्वय भैरहेको महानगरपालिकाले जनाएको छ । नुवाकोटको सिसडोलमा विक्रम स...