समृद्धि फाइनान्सको अवितरित ११ लाख हकप्रद शेयर लिलामीमा

काठमाडौं, २९ असार । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आज (असार २९ गतेदेखि) अवितरित हकप्रद शेयर लिलामी विक्रीमा आएको छ । कम्पनीले असार ३ गतेदेखि १० गतेसम्म विक्री खुला गरेकोमा वितरण हुन नसकेका ११ लाख ३५ हजार ५५८ कित्ता शेयर लिलामी मार्फत विक्री गर्न लागेको हो । साउन ५ गतेसम्म शेयर खरीदका न्यूनतम मूल्य १ सय […]

सम्बन्धित सामग्री

समृद्धि फाइनान्स कम्पनीको हकप्रद शेयरमा नबिकेको शेयर लिलामीमा आउने

चैत २१, काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले हकप्रद शेयरमा नबिकेको शेयर लिलामीमा ल्याउने भएको छ । कम्पनीले हकप्रद शेयर बाँडफाँट गरी बाँकी रहेको ८ लाख ६७ हजार ३३६ कित्ता संस्थापक शेयर र ७३ हजार १०० कित्ता सर्वसाधारण शेयर गरी कुल ९ लाख ४० हजार ४६६ कित्ता शेयर लिलामीमा ल्याउने जानकारी दिएको हो ।  कम्पनीले फागुन ८ गतेदेखि २९ गते सम्म २ : १ अनुपातमा रू.१०० अंकित दरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो । कुल हकप्रद शेयरमध्ये संस्थापक समूहको हक हस्तान्तरणसमेत गरी कुल ६३ जना शेयरधनीहरुबाट  ७ लाख ५३ हजार १६२ कित्ता र सर्वसाधारण समूहको हकहस्तान्तरण समेत गरी कुल ८ हजार २३५ जना शेयरधनीबाट आवेदन परेको जम्मा १० लाख ३६ हजार ७७ कित्ता हकप्रद शेयर गरी कुल १७ लाख ८९ हजार २३९ कित्ता शेयर गत चैत १६ गते बाँडफाँट गरेको कम्पनीले बताएको छ ।  बाँकी नबिकेको शेयर कम्पनीले लिलामीमा ल्याउने तयारी गरेको हो । कम्पनीले लिलामीमा शेयर विक्री गर्ने मिति भने तय गरेको छैन ।

समृद्धि फाइनान्सको हकप्रद शेयर बाँडफाँट तथा रकम फिर्ता

चैत १७, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको हकप्रद शेयर चैत १६ गते (बुधवार) बाँडफाँट भएको छ ।  कम्पनीले पुस ८ गतेसम्मका कायम शेयरधनीहरुका लागि फागुन ८ गतेदेखि २९ गतेसम्म प्रतिशेयर रू. १०० अंकित मूल्यमा २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर विक्री खुला गरेको थियो ।  सो मध्ये रितपूर्वक आवेदन दिने आवेदकलाई हक बमोजिम १७ लाख ८९ हजार २३९ कित्ता शेयर बाँडफाँट गरेको कम्पनीले बताएको छ ।  साथै, कम्पनीले बाँडफाँटमा नपरेको शेयर बापतको रकम चैत २० गतेदेखि आवेदकहरुको फारममा उल्लेख बैंक खातामा आईपीएस मार्फत पठाउने भएको छ । कम्पनी हकप्रदको विक्री प्रवन्धकमा बिओके  क्यापिटल लिमिटेड रहेको छ ।

समृद्धि फाइनान्सको ५०% हकप्रद शेयर आजदेखि विक्रीमा

फागुन ८, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको ५० प्रतिशत हकप्रद शेयर आज (आइतवार) देखि निष्कासन भएको छ । कम्पनीले २ बराबर १ को अनुपातमा रू. १०० अंकित दरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ५४ करोड ५९ लाख ४१ हजार रहेको छ । हकप्रद शेयर निष्कासपछि कम्पनीको चुक्तापूँजी रू. ८१ करोड ८९ लाख ११ हजार ५०० पुग्नेछ । कम्पनीले साउन १५ गते उक्त हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएकोमा मंसिर २९ गते अनुमति पाएको हो । हकप्रद शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । कम्पनीले यस हकप्रद शेयर निष्कासन प्रयोजनका लागि पुस ११ गते बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा पुस ९ र १० गते शेयर कारोबार नहुने भएकाले पुस ८ गतेसम्म कायम शेयरधनीहरु मात्र हकप्रद शेयरमा आवेदन दिन योग्य भएका छन् । यस हकप्रद शेयर खरीदका फागुन २९ गतेसम्म आवेदन दिन सकिने जानकारी कम्पनीले दिएको छ । यसअघि पनि कम्पनीले २०० प्रतिशत हकप्रद शेयर जारी गरेको थियो । कम्पनीले २०७७ साल असोज १६ गतेदेखि कात्तिक ६ गतेसम्म सो अवधिसम्म कायम चुक्तापूँजी रू. १८ करोड १९ लाख ८० हजार ३०० को आधारमा २०० प्रतिशत हकप्रद शेयर विक्री गरेको हो । कम्पनीले यस अघि २०० प्रतिशत हकप्रद शेयर जारी गर्दा आर्थिक वर्ष ०७८/७९ भित्र चुक्तापूँजी रू. ८० करोड कायम गर्ने प्रक्षेपण गरेको थियो । सो प्रक्षेपण अनुसार कम्पनीले हकप्रद शेयर निष्कासन गरी पूँजी वृद्धि गर्न लागेको हो ।

आजदेखि २७ करोड २९ लाख ७० हजार ५०० रुपैयाँको हकप्रद शेयर खुला, कसरी दिने आवेदन‍ ?

समृद्धि फाइनान्स लिमिटेडले आज (फागुन ८ गतेदेखि) हकप्रद शेयर निष्काशन गर्दैछ। फाइनान्सले हाल कायम २ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यसअनुसार फाइनान्सले एक सय रुपैयाँ अंकित दरका २७ करोड २९ लाख ७० हजार ५०० रुपैयाँ बराबरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद जारी गर्नेछ। हकप्रद निष्काशनका लागि फाइनान्सले पुस ११ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो। यसअनुसार पुस १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस फाइनान्सका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्...

समृद्धि फाइनान्सको हकप्रद शेयर आइतवारदेखि विक्री खुला

फागुन ६, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आइतवार (फागुन ८) गतेदेखि ५० प्रतिशत हकप्रद शेयर विक्री खुला गर्ने भएको छ । कम्पनीले २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हकप्रद शेयर निष्कासन बन्द मिति फागुन २९ गतेसम्म रहेको छ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि कम्पनीले पुस ११ गते बुक क्लोज गरेको छ । यस आधारमा पुस ८ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । हाल कम्पनीको चुक्तापूँजी रू. ५४ करोड ५९ लाख रहेको छ । ५० प्रतिशत हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्तापूँजी रू. ८१ करोड ८९ लाख पुग्नेछ । कम्पनीले निष्कासन गर्न लागेको हकप्रद शेयरलाई इक्रा नेपालले इक्राएनपी आइआर सि रेटिङ पाएको छ । यस्तो रेटिङले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा उच्च जोखिम रहेको देखाउँछ । कम्पनीको विक्री प्रबन्धक बि.ओ.के क्यापिटल लिमिटेड रहेको छ । साथै आवेदकले मेरो शेयर एपबाट पनि उक्त हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

फागुन ८ गतेदेखि हकप्रद शेयर निष्कासन गर्दै समृद्धि फाइनान्स

माघ २५, काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले फागुन ८ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम २ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले रू. १०० अंकित दरका २७ करोड २९ लाख ७० हजार ५०० रुपैयाँ बराबरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद जारी गर्ने भएको हो । हकप्रद निष्कासनका लागि फाइनान्सले पुस ११ गते बुकक्लोज गरेको थियो । यसअनुसार पुस १० गतेसम्मका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयरको विक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । हकप्रदमा बिओके क्यापिटल तथा समृद्धि फाइनान्सका रजिष्टर्ड तथा शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरोशेयर सफ्टवेयर मार्फत फागुन २९ गतेसम्म आवेदन दिन सकिनेछ ।  कम्पनीको हकप्रदलाई इक्रा नेपालले इक्राएनपी आईआर सिंगल सी रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्न ज्यादै उच्च जोखिममा रहेको संकेत गर्दछ । हाल कम्पनीको चुक्तापूँजी रू. ५४ करोड ५९ लाख ४० हजार ९००रहेको यस कम्पनीको हकप्रद निष्कासनपछि उक्त पूँजी रू. ८१ करोड ८९ लाख ११ हजार ४०० रुपैयाँ पुग्नेछ । कम्पनीले हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट गत मंसिर २९ गते अनुमति पाएको हो ।

समृद्धि फाइनान्सको ५०% हकप्रद शेयर फागुन ८ गतेदेखि विक्रीमा

माघ २०, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर फागुन ८ गतेदेखि निष्कासन गर्ने भएको छ ।  यस हकप्रद शेयर निष्कासन प्रयोजनका लागि पुस ११ गते एक दिन बुक क्लोज गरेको कम्पनीले निष्कासन मिति भने बिहीवार मात्र तय गरेको हो ।  बुक क्लोजको आधारमा पुस ९ र १० गते शेयर कारोबार नहुने भएकाले पुस ८ गतेसम्म कायम शेयरधनीहरु मात्र हकप्रद शेयरमा आवेदन दिन योग्य भएका छन् । यस हकप्रद शेयर खरीदका फागुन २९ गतेसम्म आवेदन दिन सकिने जानकारी कम्पनीले दिएको छ । कम्पनीले साउन १५ गते २ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएकोमा मंसिर २९ गते अनुमति पाएको हो ।  हाल रू. ५४ करोड ५९ लाख ४१ हजार चुक्तापूँजी रहेको कम्पनीले रू. १०० अंकित दरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीको हकप्रद शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । हकप्रद निष्कासन पश्चात कम्पनीको चुक्तापूँजी रू. ८१ करोड ८९ लाख ११ हजार ५०० पुग्नेछ ।  यसअघि पनि कम्पनीले २०० प्रतिशत हकप्रद शेयर जारी गरेको थियो । कम्पनीले २०७७ साल असोज १६ गतेदेखि कात्तिक ६ गतेसम्म सो अवधिसम्म कायम चुक्तापूँजी रू. १८ करोड १९ लाख ८० हजार ३०० को आधारमा २०० प्रतिशत हकप्रद शेयर विक्री गरेको हो ।  कम्पनीले यस अघि २०० प्रतिशत हकप्रद शेयर जारी गर्दा आर्थिक वर्ष ०७८/७९ भित्र चुक्तापूँजी रू. ८० करोड कायम गर्ने प्रक्षेपण गरेको थियो । सो प्रक्षेपण अनुसार कम्पनीले हकप्रद शेयर निष्कासन गरी पूँजी वृद्धि गर्न लागेको हो । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले रू.६० लाख २२ हजार खुद नाफा गरेको छ ।

हकप्रद शेयर बिक्रि गर्दै समृद्धि फाइनान्स

काठमाडौं, १८ साउन । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर बिक्रि गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले २ः१ को अनुपातमा २७ करोड २९ लाख ७० हजार ५ सय बराबरको २७ लाख २९ हजार ७०५ कित्ता बिक्रि गर्ने भएको हो । कम्पनीले साउन १५ गते नै शेयर निष्कासनको लागि बोर्डमा निवेदन […]

समृद्धि फाइनान्सले ५०% हकप्रद शेयर जारी गर्न बोर्डमा दियो निवेदन

साउन १८, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर विक्री गर्ने भएको छ । कम्पनीले २ बराबर १ को अनुपातमा रू. २७ करोड २९ लाख ७० हजार ५०० बराबरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर विक्री गर्न बोर्डमा निवेदन दिएको छ ।  बोर्डको वेबसाइटमा उल्लेख भए अनुसार कम्पनीले उक्त हकप्रद शेयर निष्कासनका लागि साउन १५ गते निवेदन दिएको हो । यो हकप्रद विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।  कम्पनीले यसअघि पनि गत असो १६ गतेदेखि कात्तिक ६ गतेसम्म २०० प्रतिशत हकप्रद शेयर विक्री गरेको थियो ।  उक्त हकप्रद पश्चात रू. ५४ करोड ५९ लाख ४० हजार चुक्तापूँजी कायम गरेको कम्पनीले पुनः ५० प्रतिशत हकप्रद शेयर विक्री गर्न लागेको हो ।

समृद्धि फाइनान्सको अवितरित हकप्रद शेयर आजदेखि लिलामीमा

असार ३, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको अवितरित हकप्रद शेयर आजदेखि लिलामीमा विक्री खुला भएको छ ।  कम्पनीले मंसिर १० गतेदेखि १७ गतेसम्म लिलामीमा विक्री खुला गर्दा विक्री हुन नसकेको १३ लाख ८० हजार ७१८ कित्ता संस्थापक शेयर लिलामी प्रकृयाबाट विक्री गर्न लागेको हो ।  न्यूनतम मूल्य रू. १०० तोकिएको उक्त शेयर खरीदका लागि असार १० गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको माग गर्न सकिने व्यवस्था छ । यो शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।  विक्री प्रबन्धकसँगै बैंक अफ काठमाडौंको विराटनगर, वीरगञ्ज, जनकपुर, हेटौँडा, नारायणघाट, पोखरा, बुटवल, बाग्लुङ, दाङ, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा कार्यालयबाट पनि बोलपत्र प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था रहेको छ ।