फागुन ८ गतेदेखि हकप्रद शेयर निष्कासन गर्दै समृद्धि फाइनान्स

माघ २५, काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले फागुन ८ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम २ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले रू. १०० अंकित दरका २७ करोड २९ लाख ७० हजार ५०० रुपैयाँ बराबरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद जारी गर्ने भएको हो । हकप्रद निष्कासनका लागि फाइनान्सले पुस ११ गते बुकक्लोज गरेको थियो । यसअनुसार पुस १० गतेसम्मका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयरको विक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । हकप्रदमा बिओके क्यापिटल तथा समृद्धि फाइनान्सका रजिष्टर्ड तथा शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरोशेयर सफ्टवेयर मार्फत फागुन २९ गतेसम्म आवेदन दिन सकिनेछ ।  कम्पनीको हकप्रदलाई इक्रा नेपालले इक्राएनपी आईआर सिंगल सी रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्न ज्यादै उच्च जोखिममा रहेको संकेत गर्दछ । हाल कम्पनीको चुक्तापूँजी रू. ५४ करोड ५९ लाख ४० हजार ९००रहेको यस कम्पनीको हकप्रद निष्कासनपछि उक्त पूँजी रू. ८१ करोड ८९ लाख ११ हजार ४०० रुपैयाँ पुग्नेछ । कम्पनीले हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट गत मंसिर २९ गते अनुमति पाएको हो । 

सम्बन्धित सामग्री

समृद्धि फाइनान्स र हिमालयन क्यपिटलबिच सम्झौता

समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच पिएमएस व्यवस्थापन सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौता अनुसार हिमालयन क्यपिटल लिमिटेडले उक्त संस्थामा आवद्ध ग्राहकहरुको पि।एम।एस।व्यवस्थापनको लागि आवश्यक बैकिंङ्ग सुविधको लागि समृद्धि फाइनान्समार्फत सहकार्य गर्ने जानकारी उपलब्ध भएको हो । उक्त सम्झौता पत्रमा समृद्धिको तर्फ बाट प्रमुख कार्यकारी अधिकृत टिका निधी लोहनी र हिमालयको तर्पmबाट प्रमुख […]

समृद्धि फाइनान्स र 'ए टु जेड' अनलाइन बजारबीच सम्झौता

समृद्धि फाइनान्स र ए टु जेड अनलाइन बजारबीच सम्झौता भएको छ। यो सम्झौतापछि समृद्धि फाइनान्सका ग्राहकलाई ए टु जेड अनलाइन बजारबाट लेक्ट्रो ब्रान्डको इ–साइकल खरिद गर्दा सबै मोडेलमा फ्लाट रू १५...

बद्रीलालले जिते समृद्धि फाइनान्स नेसनल भेट्रान चेस च्याम्पियनसिप

पूर्वनेसनल च्याम्पियन बद्रीलाल नेपालीले समृद्धि फाइनान्स पाँचौँ नेसनल सिनियर (भेट्रान) चेस च्याम्पियनसिपको उपाधि जितेका छन् । नेपाल बुद्धिचाल संघको आयोजना तथा समृद्धि फाइनान्सको मुख्य प्रायोजनमा सम्पन्न च्याम्पियनसिपमा उनले उपाधि जितेका हुन् ।  पाँचौँ...

समृद्धि फाइनान्स र ग्रोथ सेलरबिच सम्झौता

काठमाडौं, २० साउन । समृद्धि फाइनान्स र ग्रोथ सेलर प्रा.लीबिच जनशक्ति व्यवस्थापन सम्बन्धित सम्झौता भएको छ । दुई कम्पनीबीच गत साउन १७ गते सम्झौता भएको हो । यो सम्झौता पछी समृद्धि फाइनान्सको लागि आवश्यक जनशक्ति नियुक्तिका लागि ग्रोथ सेलरले सम्पूर्ण जनशक्ति नियुक्तिका प्रकृयामा सहयोग गर्ने जनाएको छ । संस्थाको विभिन्न शाखामा आवस्यक जनशक्ती दक्ष अर्धदक्ष, […]

समृद्धि फाइनान्स र होटेल गढी भ्यूबीच सम्झौता

समृद्धि फाइनान्स कम्पनी र होटेल गढी भ्यू एण्ड रिसोर्ट मकवानपुरबीच सम्झौता भएको छ ।सम्झौतासँगै फाइनान्सका ग्राहकलाई होटेल गढी भ्यूले जिपलाइनमा ३० प्रतिशत र फुड र बेभरेजमा १० प्रतिशत छुट दिने भएको छ । यो सुविधाबाट फाइनान्सका ग्राहक लाभान्वित हुने बताइएको छ । सम्झौतापत्रमा फाइनान्स कम्पनीका हेटौडा शाखा प्रमुख राजन शर्मा र होटेलका अध्यक्ष दिलिप घिमिरेले […]

समृद्धि फाइनान्स र ए टु जेट अनलाइन बजारबीच सम्झौता

काठमाडौं, ४ बैशाख । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र ए टु जेट अनलाइन बजार बिच सम्झौता वैशाख ४ गते सम्झौता भएको छ । सम्झौता फाइनान्सको शाखा कार्यालय पुतलीसडक, काठमाण्डौमा भएको हो । यो सम्झौतापछी फाइनान्सका ग्राहकहरुले ए टु जेट अनलाइन बजारबाट सामग्रीहरु जस्तै (Laptop, Mobile, TV र अन्य electronic सामानहरु खरिद गर्दा अधिकतम २० हजार […]

समृद्धि फाइनान्स र कुमारी बैंकबीच सम्झौता

समृद्धि फाइनान्स र कुमारी बैंकबीच रेमिट्यान्स सम्झौता भएको छ ।सम्झौतामा फाइनान्सका तर्फबाट प्रमुख व्यवस्थापक विनोदराज पौडेल र कुमारी बैंकका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले हस्ताक्षर गरेका छन् ।यो सम्झौता पश्चात कुमारी रेमिटको आन्तरिक र अन्तर्राष्ट्रिय रेमिटको भुक्तानी समृद्धि फाइनान्सका सम्पूर्ण शाखाबाट सजिलै लिन सकिनेछ ।नेपाल राष्ट्र बैंकबाट “ग” बर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको […]

समृद्धि फाइनान्स र कुमारी बैँकबीच रेमिट्यान्स सम्झौता

समृद्धि फाइनान्स र कुमारी बैँकबीच रेमिट्यान्स सम्झौता भएको छ । सम्झौतामा फाइनान्सका तर्फबाट प्रमुख व्यवस्थापक बिनोदराज पौडेल र कुमारी बैंकका तर्फबाट कार्यकारी अधिकृत रामचन्द्र खनालले हस्ताक्षर गरेका छन् । यो सम्झौता पश्चात कुमारी रेमिटको आन्तरिक र अन्तर्राष्ट्रिय रेमिटको भुक्तानी समृद्धि फाइनान्सका सम्पूर्ण शाखाहरूबाट सजिलै लिन सकिन्छ । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले पाँचवटा शाखाहरुमार्फत कारोबार गर्दै आएको छ । फाइनान्सले ब

समृद्धि फाइनान्स र फेवाबजारबीच सम्झौता

समृद्धि फाइनान्स कम्पनी र फेवा बजारबीच कन्जुमर ईएमआइ कर्जा प्रवाहसम्बन्धी सम्झौता भएको छ । अब ५० हजारदेखि पाँच लाखसम्मको सामग्री खरिदमा शुन्य प्रतिशत व्याजदरमा फेवाबजार तथा फाइनान्स कम्पनीका ग्राहकले ६ महिनादेखि ३६ महिनासम्मका लागि कर्जा सुविधा पाउनेछन् । सो सम्झौतापत्रमा फाइनान्सका तर्फबाट प्रमुख कर्जा अधिकृत सुभास श्रेष्ठ र फेवाबजारका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुजन आर्चायले […]

हकप्रद शेयर बिक्रि गर्दै समृद्धि फाइनान्स

काठमाडौं, १८ साउन । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर बिक्रि गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले २ः१ को अनुपातमा २७ करोड २९ लाख ७० हजार ५ सय बराबरको २७ लाख २९ हजार ७०५ कित्ता बिक्रि गर्ने भएको हो । कम्पनीले साउन १५ गते नै शेयर निष्कासनको लागि बोर्डमा निवेदन […]