समृद्धि फाइनान्सले ५०% हकप्रद शेयर जारी गर्न बोर्डमा दियो निवेदन

साउन १८, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर विक्री गर्ने भएको छ । कम्पनीले २ बराबर १ को अनुपातमा रू. २७ करोड २९ लाख ७० हजार ५०० बराबरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर विक्री गर्न बोर्डमा निवेदन दिएको छ ।  बोर्डको वेबसाइटमा उल्लेख भए अनुसार कम्पनीले उक्त हकप्रद शेयर निष्कासनका लागि साउन १५ गते निवेदन दिएको हो । यो हकप्रद विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।  कम्पनीले यसअघि पनि गत असो १६ गतेदेखि कात्तिक ६ गतेसम्म २०० प्रतिशत हकप्रद शेयर विक्री गरेको थियो ।  उक्त हकप्रद पश्चात रू. ५४ करोड ५९ लाख ४० हजार चुक्तापूँजी कायम गरेको कम्पनीले पुनः ५० प्रतिशत हकप्रद शेयर विक्री गर्न लागेको हो ।

सम्बन्धित सामग्री

सौर्य सिमेन्टले प्रिमियममा आईपीओ जारी गर्न धितोपत्र बोर्डमा दियो निवेदन

२० पुस, काठमाडौं । सौर्य सिमेन्ट कम्पनीले आईपीओ जारी गर्न स्वीकृति माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । सौर्यले स्थानीय र सर्वसाधारणका लागि कुल १ करोड ५९ लाख ८१ हजार ५ सय कित्ता सेयर निष्कासन गर्न स्वीकृति  मागेको हो । यस कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ छ । कम्पनीले […]

सर्वोत्तम सिमेन्टले सर्वसाधारणलाई आईपीओ जारी गर्न बोर्डमा दियो निवेदन

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तामा आईपीओ विक्री तथा बाँडफाँट गरिसकेको कम्पनीले दोस्रो चरणमा उद्योग प्रभावित स्थानीय र अन्य सर्वसाधारणमा आईपीओ विक्री गर्न बोर्डसँग अनुमति मागेको हो ।  मङ्सिर १८ गते प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले ३६ लाख कित्ता आईपीओ विक्री गर्न कम्पनीले बोर्डमा निवेदन दिएको हो । आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड छ । नेपालमा पहिलो पटक बुक बिल्डिङ प्रक्रियाबाट यस कम्पनीले आईपीओ विक्री गरेको हो । योग्य संस्थागत लगानीकर्तामा भने प्रतिकित्ता ४०१ रुपैयाँमा आईपीओ बाँडफाँट गरिएको हो । कम्पनीले मङ्सिर ६ गतेदेखि १० गतेसम्म पहिलो चरणमा योग्य संस्थागत लगानीकर्ताका लागि २४ लाख कित्ता आईपीओ विक्री गरेको थियो । योग्य संस्थागत लगानीकर्तामा जारी भएको शेयरको विक्री मूल्य सीमा प्रतिकित्ता ४०१ रुपैयाँदेखि ६०१ रुपैयाँ ५० पैसा तोकिएको थियो । मङ्सिर ११ गते तोकिएको अवधिभित्र योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त बोलपत्र खोली निर्धारण भएको ४०१ रुपैयाँ कटअफ मूल्यमा आईपीओ बाँडफाँट गरिएको हो । बुक विल्डिङ विधिमा योग्य संस्थागत लगानीकर्तामा निर्धारण भएको कटअफ मूल्यमा १० प्रतिशत मूल्य घटाएर सर्वसाधारणमा आईपीओ जारी हुनेछ । सोही व्यवस्थाबमोजिम कम्पनीले सर्वसाधारणमा आईपीओ विक्री गर्न लागेको हो । कम्पनीले जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२ दशमलव ९०३३ प्रतिशतले हुन आउने ६० लाख कित्ता आईपीओ विक्री गर्न लागेको हो । पहिलो चरणमा कुल कित्ता आईपीओमध्ये ४० प्रतिशत दरको २४ लाख कित्ता आईपीओ योग्य संस्थागत लगानीकर्ताहरूमा विक्री गर्न कम्पनीले बोर्डबाट स्वीकृति पाएको थियो । दोस्रो चरणमा विक्री हुने कुल कित्ता आईपीओमध्ये ८ लाख कित्ता उद्योग प्रभावित स्थानीय बासिन्दालाई, ३ लाख कित्ता कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणका लागि जारी हुनेछ ।  यस कम्पनीले २०७१ फागुन १ गतेदेखि सिमेन्ट तथा क्लिंकर उत्पादन गर्दै आएको छ । नवलपरासी जिल्ला, सुनवल नगरपालिका वडा नं. ११, जोडेनीमा कम्पनीले सञ्चालन गरिरहेको उद्योगको उत्पादन क्षमता प्रतिदिन ३ हजार टन क्लिंकर र ३ हजार टन सिमेन्ट छ । उद्योगले डेनमार्कको भीआरएम प्रविधि प्रयोग गरिरहेको छ ।

हिमालयन रि–इन्स्योरेन्सले प्रिमियमा आईपीओ जारी गर्ने, बोर्डसँग माग्यो अनुमति

३१ भदौ, काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स कम्पनीले प्रिमियममा प्राथमिक सेयर (आईपीओ) जारी गर्न अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीले २६ भदौमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३ अर्ब बराबरको ३ करोड कित्ता साधारण सेयर निष्कासन गर्ने भएको हो । कम्पनीले १०० रुपैयाँ प्रतिकित्ता अंकित मूल्यमा १०८ रुपैयाँ प्रिमियम थप गरी […]

१४७.५२% हकप्रद जारी गर्न राधी विद्युतले दियो धितोपत्र बोर्डमा निवेदन

जेठ ३, काठमाडौं । राधी विद्युत् कम्पनीले १४७ दशमलव ५२ प्रतिशत हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।  कम्पनीले १ बराबर १ दशमलव ४७५२ को अनुपातमा ९५ लाख ३५ हजार ७६० दशमलव ९९ कित्ता हकप्रद शेयर विक्रीका लागि वैशाख २८ गते बोर्डमा निवेदन दिएको हो । राधीको यो हकप्रद शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । यस वर्ष हालसम्मकै सर्वाधिक ३६ दशमलव ५० प्रतिशत बोनस शेयर वितरण गरेको राधीले बोनस पश्चात कायम चुक्तापूँजी रू. ६४ करोड ६४ लाख ४ हजारको आधारमा राधीले हकप्रद शेयर जारी गर्न लागेको हो ।  चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले रू. ४ करोड ७१ लाखभन्दा बढी खुद नाफा गरेको छ । यस वर्ष गत वर्षको तुलनामा कम्पनीको खुद नाफामा कमी आएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ६ करोड २६ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।  तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ९ दशमलव ७२ र प्रतिशेयर नेटवर्थ रू. ११८ दशमलव १९ रहेको छ । कम्पनीको अन्तिम शेयरमूल्य मंगलवार रू. ६१५ कायम भएको छ । यो दिन अघिल्लो कारोबार दिनको तुलनामा प्रतिकित्ता रू. ५४ ले घटेको हो ।

प्राइम बैंकले ५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने

प्राइम कमर्सियल बैंकले ५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ ।बैंकले राष्ट्र बैंकको नियामकीय प्रावधान अनुसार ऋणपत्र जारी गर्न लागेको हो। २०७९ असारसम्म प्राथमिक पुँजीको २५ प्रतिशत हकप्रद सेयर जारी गर्नु पर्ने नियामकीय व्यवस्था छ । प्राइम बैंकले ऋणपत्र जारी गर्न धितोपत्र बोर्डमा स्वीकृतिका लागि निवेदन दिएको छ । बोर्डका अनुसार बैंकले ५ वर्षका […]

सडक बोर्डमा कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

सरकारले सडक बोर्ड नेपालमा कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको छ । बोर्डमा चार वर्षे कार्यकालका लागि खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया अगाडि बढेको हो ।बोर्डले बिहीबार सार्वजनिक सूचना जारी गरी हाइवे इन्जिनियरिङ वा व्यवस्थापनमा स्नातकोत्तर हासिल गरी कम्तिमा १० वर्षे अनुभव रहेका व्यक्तिलाई १५ दिनभित्र दरखास्त दिन आह्वान गरेको हो ।उम्मेदवारले कार्यकारी निर्देशकको हैसियतबाट पुर्‍याउन सक्ने योगदान, कार्यान्वयन गर्ने रणनीति तथा कार्ययोजनासहितको कार्यपत्र पेश गर

अपि पावरले एक अर्ब आठ करोडको हकप्रद जारी गर्ने

काठमाडाैं । अपि पावर कम्पनी लिमिटेडले एक अर्ब बढीको हकप्रद सेयर जारी गर्ने भएको छ । धितोपत्र बोर्डमा दिएको आवेदन स्वीकृति भए लगत्तै अपि पावरले आफ्ना सेयरधनीलाई एक अर्ब आठ करोड ६० लाख रुपैयाँको हदप्रद सेयर जारी गर्ने भएकाे हाे । अपिले धितोपत्र बोर्डमा ३९.३६ प्रतिशत हदप्रद सेयर बिक्री अनुमतिको लागि आवेदन पेस गरेको थियो […] The post अपि पावरले एक अर्ब आठ करोडको हकप्रद जारी गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक.

अपि पावरले एक अर्ब आठ करोडको हकप्रद जारी गर्ने

काठमाडाैं । अपि पावर कम्पनी लिमिटेडले एक अर्ब बढीको हकप्रद सेयर जारी गर्ने भएको छ । धितोपत्र बोर्डमा दिएको आवेदन स्वीकृति भए लगत्तै अपि पावरले आफ्ना सेयरधनीलाई एक अर्ब आठ करोड ६० लाख रुपैयाँको हदप्रद सेयर जारी गर्ने भएकाे हाे । अपिले धितोपत्र बोर्डमा ३९.३६ प्रतिशत हदप्रद सेयर बिक्री अनुमतिको लागि आवेदन पेस गरेको थियो । आवेदन […] The post अपि पावरले एक अर्ब आठ करोडको हकप्रद जारी गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक.

अपि पावरले एक अर्ब आठ करोडको हकप्रद जारी गर्ने

काठमाडौँ – अपि पावर कम्पनी लिमिटेडले एक अर्ब बढीको हकप्रद सेयर जारी गर्ने भएको छ। धितोपत्र बोर्डमा दिएको आवेदन स्वीकृत भएलगत्तै अपि पावरले आफ्ना सेयरधनीलाई एक अर्ब आठ करोड ६० लाख रुपैयाँको हदप्रद सेयर जारी गर्ने भएको हो। अपिले धितोपत्र बोर्डमा ३९.३६ प्रतिशत हदप्रद सेयर बिक्री अनुमतिको लागि आवेदन पेस गरेको थियो। आवेदनअनुसार कम्पनीले एक करोड […]

आदर्श लघुवित्तले आईपीओ जारी गर्ने, बोर्डसँग माग्यो अनुमति

आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न माग गर्दै धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले जारी पूँजी पूँजी २ करोड रुपैयाँको ३० प्रतिशतले हुने ६० लाख बराबरको ६० हजार कित्ता शेयर सर्वसाधारणलाई जारी गर्ने भएको हो । जसका लागि कम्पनीले असोज २० गते बुधबार पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग आईपीओ निष्काशनका लागि अनुमति माग गरेको छ । लघुवित्तले शेयर निष्कासन तथा बिक्री प्रबन्धक सम्बन्धी सबै काम गर्न बीओके क्यापिटल मार्केटलाई गत साउन ६ गते नै नियुक्त गरिसकेको ...