समृद्धि फाइनान्स कम्पनीको हकप्रद शेयरमा नबिकेको शेयर लिलामीमा आउने

चैत २१, काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले हकप्रद शेयरमा नबिकेको शेयर लिलामीमा ल्याउने भएको छ । कम्पनीले हकप्रद शेयर बाँडफाँट गरी बाँकी रहेको ८ लाख ६७ हजार ३३६ कित्ता संस्थापक शेयर र ७३ हजार १०० कित्ता सर्वसाधारण शेयर गरी कुल ९ लाख ४० हजार ४६६ कित्ता शेयर लिलामीमा ल्याउने जानकारी दिएको हो ।  कम्पनीले फागुन ८ गतेदेखि २९ गते सम्म २ : १ अनुपातमा रू.१०० अंकित दरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो । कुल हकप्रद शेयरमध्ये संस्थापक समूहको हक हस्तान्तरणसमेत गरी कुल ६३ जना शेयरधनीहरुबाट  ७ लाख ५३ हजार १६२ कित्ता र सर्वसाधारण समूहको हकहस्तान्तरण समेत गरी कुल ८ हजार २३५ जना शेयरधनीबाट आवेदन परेको जम्मा १० लाख ३६ हजार ७७ कित्ता हकप्रद शेयर गरी कुल १७ लाख ८९ हजार २३९ कित्ता शेयर गत चैत १६ गते बाँडफाँट गरेको कम्पनीले बताएको छ ।  बाँकी नबिकेको शेयर कम्पनीले लिलामीमा ल्याउने तयारी गरेको हो । कम्पनीले लिलामीमा शेयर विक्री गर्ने मिति भने तय गरेको छैन ।   

सम्बन्धित सामग्री

समृद्धि फाइनान्स र हिमालयन क्यपिटलबिच सम्झौता

समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच पिएमएस व्यवस्थापन सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौता अनुसार हिमालयन क्यपिटल लिमिटेडले उक्त संस्थामा आवद्ध ग्राहकहरुको पि।एम।एस।व्यवस्थापनको लागि आवश्यक बैकिंङ्ग सुविधको लागि समृद्धि फाइनान्समार्फत सहकार्य गर्ने जानकारी उपलब्ध भएको हो । उक्त सम्झौता पत्रमा समृद्धिको तर्फ बाट प्रमुख कार्यकारी अधिकृत टिका निधी लोहनी र हिमालयको तर्पmबाट प्रमुख […]

समृद्धि फाइनान्स र 'ए टु जेड' अनलाइन बजारबीच सम्झौता

समृद्धि फाइनान्स र ए टु जेड अनलाइन बजारबीच सम्झौता भएको छ। यो सम्झौतापछि समृद्धि फाइनान्सका ग्राहकलाई ए टु जेड अनलाइन बजारबाट लेक्ट्रो ब्रान्डको इ–साइकल खरिद गर्दा सबै मोडेलमा फ्लाट रू १५...

बद्रीलालले जिते समृद्धि फाइनान्स नेसनल भेट्रान चेस च्याम्पियनसिप

पूर्वनेसनल च्याम्पियन बद्रीलाल नेपालीले समृद्धि फाइनान्स पाँचौँ नेसनल सिनियर (भेट्रान) चेस च्याम्पियनसिपको उपाधि जितेका छन् । नेपाल बुद्धिचाल संघको आयोजना तथा समृद्धि फाइनान्सको मुख्य प्रायोजनमा सम्पन्न च्याम्पियनसिपमा उनले उपाधि जितेका हुन् ।  पाँचौँ...

समृद्धि फाइनान्स र ग्रोथ सेलरबिच सम्झौता

काठमाडौं, २० साउन । समृद्धि फाइनान्स र ग्रोथ सेलर प्रा.लीबिच जनशक्ति व्यवस्थापन सम्बन्धित सम्झौता भएको छ । दुई कम्पनीबीच गत साउन १७ गते सम्झौता भएको हो । यो सम्झौता पछी समृद्धि फाइनान्सको लागि आवश्यक जनशक्ति नियुक्तिका लागि ग्रोथ सेलरले सम्पूर्ण जनशक्ति नियुक्तिका प्रकृयामा सहयोग गर्ने जनाएको छ । संस्थाको विभिन्न शाखामा आवस्यक जनशक्ती दक्ष अर्धदक्ष, […]

समृद्धि फाइनान्स र होटेल गढी भ्यूबीच सम्झौता

समृद्धि फाइनान्स कम्पनी र होटेल गढी भ्यू एण्ड रिसोर्ट मकवानपुरबीच सम्झौता भएको छ ।सम्झौतासँगै फाइनान्सका ग्राहकलाई होटेल गढी भ्यूले जिपलाइनमा ३० प्रतिशत र फुड र बेभरेजमा १० प्रतिशत छुट दिने भएको छ । यो सुविधाबाट फाइनान्सका ग्राहक लाभान्वित हुने बताइएको छ । सम्झौतापत्रमा फाइनान्स कम्पनीका हेटौडा शाखा प्रमुख राजन शर्मा र होटेलका अध्यक्ष दिलिप घिमिरेले […]

समृद्धि फाइनान्स र ए टु जेट अनलाइन बजारबीच सम्झौता

काठमाडौं, ४ बैशाख । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र ए टु जेट अनलाइन बजार बिच सम्झौता वैशाख ४ गते सम्झौता भएको छ । सम्झौता फाइनान्सको शाखा कार्यालय पुतलीसडक, काठमाण्डौमा भएको हो । यो सम्झौतापछी फाइनान्सका ग्राहकहरुले ए टु जेट अनलाइन बजारबाट सामग्रीहरु जस्तै (Laptop, Mobile, TV र अन्य electronic सामानहरु खरिद गर्दा अधिकतम २० हजार […]

समृद्धि फाइनान्स र कुमारी बैंकबीच सम्झौता

समृद्धि फाइनान्स र कुमारी बैंकबीच रेमिट्यान्स सम्झौता भएको छ ।सम्झौतामा फाइनान्सका तर्फबाट प्रमुख व्यवस्थापक विनोदराज पौडेल र कुमारी बैंकका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले हस्ताक्षर गरेका छन् ।यो सम्झौता पश्चात कुमारी रेमिटको आन्तरिक र अन्तर्राष्ट्रिय रेमिटको भुक्तानी समृद्धि फाइनान्सका सम्पूर्ण शाखाबाट सजिलै लिन सकिनेछ ।नेपाल राष्ट्र बैंकबाट “ग” बर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको […]

समृद्धि फाइनान्स र कुमारी बैँकबीच रेमिट्यान्स सम्झौता

समृद्धि फाइनान्स र कुमारी बैँकबीच रेमिट्यान्स सम्झौता भएको छ । सम्झौतामा फाइनान्सका तर्फबाट प्रमुख व्यवस्थापक बिनोदराज पौडेल र कुमारी बैंकका तर्फबाट कार्यकारी अधिकृत रामचन्द्र खनालले हस्ताक्षर गरेका छन् । यो सम्झौता पश्चात कुमारी रेमिटको आन्तरिक र अन्तर्राष्ट्रिय रेमिटको भुक्तानी समृद्धि फाइनान्सका सम्पूर्ण शाखाहरूबाट सजिलै लिन सकिन्छ । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले पाँचवटा शाखाहरुमार्फत कारोबार गर्दै आएको छ । फाइनान्सले ब

समृद्धि फाइनान्स र फेवाबजारबीच सम्झौता

समृद्धि फाइनान्स कम्पनी र फेवा बजारबीच कन्जुमर ईएमआइ कर्जा प्रवाहसम्बन्धी सम्झौता भएको छ । अब ५० हजारदेखि पाँच लाखसम्मको सामग्री खरिदमा शुन्य प्रतिशत व्याजदरमा फेवाबजार तथा फाइनान्स कम्पनीका ग्राहकले ६ महिनादेखि ३६ महिनासम्मका लागि कर्जा सुविधा पाउनेछन् । सो सम्झौतापत्रमा फाइनान्सका तर्फबाट प्रमुख कर्जा अधिकृत सुभास श्रेष्ठ र फेवाबजारका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुजन आर्चायले […]

हकप्रद शेयर बिक्रि गर्दै समृद्धि फाइनान्स

काठमाडौं, १८ साउन । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर बिक्रि गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले २ः१ को अनुपातमा २७ करोड २९ लाख ७० हजार ५ सय बराबरको २७ लाख २९ हजार ७०५ कित्ता बिक्रि गर्ने भएको हो । कम्पनीले साउन १५ गते नै शेयर निष्कासनको लागि बोर्डमा निवेदन […]