असार ३, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको अवितरित हकप्रद शेयर आजदेखि लिलामीमा विक्री खुला भएको छ ।
कम्पनीले मंसिर १० गतेदेखि १७ गतेसम्म लिलामीमा विक्री खुला गर्दा विक्री हुन नसकेको १३ लाख ८० हजार ७१८ कित्ता संस्थापक शेयर लिलामी प्रकृयाबाट विक्री गर्न लागेको हो ।
न्यूनतम मूल्य रू. १०० तोकिएको उक्त शेयर खरीदका लागि असार १० गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।
बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको माग गर्न सकिने व्यवस्था छ । यो शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
विक्री प्रबन्धकसँगै बैंक अफ काठमाडौंको विराटनगर, वीरगञ्ज, जनकपुर, हेटौँडा, नारायणघाट, पोखरा, बुटवल, बाग्लुङ, दाङ, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा कार्यालयबाट पनि बोलपत्र प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था रहेको छ ।