दूग्ध विकास संस्थान (डीडीसी) मा आर्थिक अनियमितता आरोप खेपेका निमित्त उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीलाई ४५ दिनभित्र कारबाही गर्ने सहमति भएको छ । अधिकारीमाथि कारबाही माग गर्दै आन्दोलनमा उत्रिएका कर्मचारी र डीडीसी व्यवस्थापनबीच सहमति भएको हो ।डीडीसीका सूचना अधिकारीसमेत रहेका निमित्त उपमहाप्रबन्धक अधिकारीले दूग्ध वितरण आयोजना बालाजुमा प्रमुख रहेका बेला एक लाख ९४ लिटर बटर (नौनी) मा झण्डै एक करोड रुपियाँ अनियमितता गरेको आरोप छ । डीडीसी सञ्चालक समितिद्वारा गठित छानबिन समितिले पनि अधिकारीले अनियम