काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) र असन्तुष्ट खेलाडीबीच सहमति भएको छ । आज आइतवार भएको सहमतिअनुसार क्यानले ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी र सोमपाल कामीमाथि गरिएको कारबाही पनि फिर्ता हुने भएको छ । यो निर्णय क्यानको बोर्ड बैठकले पारित गर्नेछ ।आज सहमतिका लागि भएको बैठकमा कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई नै दिने विषयमा छलफल भए पनि यो विषयमा थप छलफल गर्नुपर्ने क्यानका पदाधिकारीले बताएका थिए ।क्यानको खेलाडी वर्गीकरणमा असन्तुष्टि जनाएको भन्दै क्यानले गएकाे मङ्सिर २९ मा कप्तान...