नेपाल क्रिकेट सङ्घ र खेलाडीबीच सहमति, खेलाडीमाथिको कारबाही फिर्ता

काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) र असन्तुष्ट खेलाडीबीच सहमति भएको छ । आज आइतवार भएको सहमतिअनुसार क्यानले ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी र सोमपाल कामीमाथि गरिएको कारबाही पनि फिर्ता हुने भएको छ । यो निर्णय क्यानको बोर्ड बैठकले पारित गर्नेछ । आज सहमतिका लागि भएको बैठकमा कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई नै दिने विषयमा छलफल भए पनि यो विषयमा थप छलफल गर्नुपर्ने क्यानका पदाधिकारीले बताएका थिए । क्यानको खेलाडी वर्गीकरणमा असन्तुष्टि जनाएको भन्दै क्यानले गएकाे मङ्सिर २९ ...

सम्बन्धित सामग्री

रोहितकुमार पौडेलको कप्तानीमा नेपाली क्रिकेट टोलीको घोषणा

नेपाल क्रिकेट सङ्घ (क्यान) ले घरेलु मैदानमा आयोजना हुने आयरल्यान्ड ‘ए’ सँग र भारतमा हुने फ्रेन्डसिप कपका लागि आज नेपाली टोली घोषणा गरेको छ । क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । छनोट हुने नेपाली टोलिमा कप्तान पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, दिपेन्द्रसिंह ऐरी, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, …

क्रिकेट संघको अध्यक्षमा चतुर र सचिवमा पारस निर्वाचित

नेपाल क्रिकेट सङ्घ (क्यान)का शनिबार सम्पन्न अधिवेशनले चतुरबहादुर चन्दको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । संघमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का सचिवमा निर्वाचित हुनुभएको छ । नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेट टिमलाई भारत र पाकिस्तानको उचाइमा पु¥याउने चुनौती रहेको बताउनुभएको छ । क्यानको निर्वाचनबाट दोस्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्ष बन्नुभएका …

अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने पहिलो व्याच सम्मानित

नेपाल क्रिकेट सङ्घ (क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक सहभागिता जनाएका नेपाली क्रिकेट टोलीलाई आज सम्मान गरेको छ।...

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतीय प्रशिक्षक प्रभाकर नियुक्त

नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका प्रशिक्षक मनोज प्रभाकरलाई एक वर्षका लागि नियुक्त गरेको छ । पूर्वभारतीय अलराउण्डरका साथै रणजी ट्रफी विजेताका प्रशिक्षकसमेत रहनुभएका प्रभाकरलाई आज मुख्य प्रशिक्षक नियुक्त गरिएको क्यानले जनाएको छ । क्यानका अनुसार प्रभाकरले भारतका लागि ३९ टेस्ट र १३० एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खल्नुभएको छ । …

नेपाली क्रिकेट टाेलीकाे बिदाइ

काठमाण्डाै – क्यानडासँगकाे दुई एकदिवसीय खेल र आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्यान्ड भ्रमण गर्न लागेको राष्ट्रिय क्रिकेट टोलीलाई आज साेमवार बिदाइ गरिएको छ ।  नेपाल क्रिकेट सङ्घ (क्यान) ले सोमवार एक कार्यक्रमको आयोजना गरेर सन्दीप लामिछानेको कप्तानीमा रहेको १४ सदस्यीय क्रिकेट टोलीको बिदाइ गरेको हो । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कोषाध्यक्ष रोशन सिंहलगायतले बिदाइ गरे ।  नेपाली टोलीले आउँदाे असार २९ गतेदेखि स्कटल्यान्डमा हुने विश्व ...

विश्व कप क्रिकेट लिग 'टु' का लागि नेपाली क्रिकेट टोलीको घोषणा

काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग 'टु' अन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) मा हुने एकदिवसीय शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले हिजाे बिहीवार सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । टोलीमा लामिछानेसहित ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, पवन सर्राफ, करण केसी, विनोद भण्डारी, रोहित कुमार पौडेल, सोमपाल कामी, बिक्रम सोब र भीम सार्की छन्...

नेपाल क्रिकेट सङ्घ र खेलाडीबीच सहमति, खेलाडीमाथिको कारबाही फिर्ता !

काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) र असन्तुष्ट खेलाडीबीच सहमति भएको छ । आज आइतवार भएको सहमतिअनुसार क्यानले ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी र सोमपाल कामीमाथि गरिएको कारबाही पनि फिर्ता हुने भएको छ । यो निर्णय क्यानको बोर्ड बैठकले पारित गर्नेछ ।आज सहमतिका लागि भएको बैठकमा कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई नै दिने विषयमा छलफल भए पनि यो विषयमा थप छलफल गर्नुपर्ने क्यानका पदाधिकारीले बताएका थिए ।क्यानको खेलाडी वर्गीकरणमा असन्तुष्टि जनाएको भन्दै क्यानले गएकाे मङ्सिर २९ मा कप्तान...

यस्ताे छ राष्ट्रिय क्रिकेट टाेलीकाे नयाँ जर्सी

काठमाण्डाै – राष्ट्रिय क्रिकेट टाेलीकाे नयाँ जर्सी सार्वजनिक भएको छ । काठमाण्डौमा सोमवार नेपाल क्रिकेट सङ्घ र जर्सीको प्रायोजक माई सेकेन्ड टिचर्सले संयुक्त रूपमा राष्ट्रिय क्रिकेट टाेलीकाे नयाँ जर्सी सार्वजनिक गरेका हुन् । क्रिकेट टाेलीकाे नयाँ जर्सीको डिजाइन खुला आवेदनबाट माग गरिएको थियो । डिजाइनर आदर्श पोखरेलको डिजाइनलाई छनाेट गरिएको र त्यही डिजाइनको जर्सी आज सार्वजनिक भएको बताइएको छ । नयाँ जर्सीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का कोषाध्यक्ष र माई सेकेन्ड टिचर्सका सहप्रमुख...

राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण स्थगित

काठमाडौँ – नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षण स्थगन गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार कोभिड–१९ का कारण आगामी महिना स्पेनमा हुने भनिएको नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगन भएपछि बन्द प्रशिक्षण स्थगन गरिएको हो । मङ्गलबारदेखि बन्द प्रशिक्षण थालेको थियो । सो बन्द प्रशिक्षणमा १९ खेलाडी सम्मिलित […]

सबै क्रिकेट गतिविधि बन्द गर्ने क्यानकाे निर्णय

काठमाण्डाै – काेराेना भाइरस सङ्क्रमणलाई मध्यनजर गर्दै नेपाल क्रिकेट सङ्घ (क्यान) ले सबै क्रिकेट गतिविधि अनिश्चित समयसम्मका लागि स्थगित गरेको छ । क्यानले शुक्रवार एक सूचना प्रकाशित गर्दै अर्को सूचना नआएसम्मका लागि सबै क्रिकेट गतिविधि बन्द गर्ने निर्णय गरेको हाे ।  क्यानले राष्ट्रिय प्रतियोगिता, जिल्ला छनोट, प्रादेशिक प्रतियोगिता तथा विभिन्न देशसँग तय भएका शृङ्खलाहरू तत्कालका लागि स्थगित गरिएको जनाएको हो । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाण्डौ उपत्यकामा बिहीवारदेखि निषेधाज्ञा लागू भएको ...