सत्तारूढ दलबीच केन्द्रमा हुने सहमति कार्यान्वयन नगरे कारबाही हुन्छः गृहमन्त्री खाँण

बुटवल– गृहमन्त्री बालकृष्ण खाँणले गठबन्धन दलबीचको सहमति कडाइका साथ पालना गर्नुपर्ने बताएका छन्। गृह जिल्ला रुपन्देहीको तिलोत्तमास्थित आफ्नै निवासमा आज आयोजित पत्रकार भेटघाटमा उनले सत्तारूढ दलबीच केन्द्रमा हुने सहमति कार्यान्वयन नगर्नेलाई कारबाही गर्ने बताए। कांग्रेसका नेतासमेत रहेका खाँणले निर्वाचनमा गठबन्धन दलबीच सहमति र सहकार्य हुने भएकाले सहमति उल्लंघन गर्ने छुट कसैलाई नभएको बताए। ‘अहिले गठबन्धन […]

सम्बन्धित सामग्री

गृहमन्त्री खाँण र विप्लव नेतृत्वको नेकपाका प्रवक्ता प्रकाण्डबीच भेटवार्ता

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण र नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’बीच भेटवार्ता भएको छ । आज (बिहीबार) दिउँसो गृहमन्त्रीसहित सरकारका केही पदाधिकारी र प्रकाण्डबीच भेटवार्ता भएको हो । भेटमा सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच भएको सहमति कार्यान्वयन गर्ने विषयमा वार्ता भएको छ । गृह मन्त्रालयमा भएको भेटवार्तामा सरकारका तर्फबाट गृहमन्त्री […]

विप्लव समूहसँग भएकाे सहमति कार्यान्वयन गर्न सरकार तयार छ : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग तत्कालीन ओली सरकारले गरेको तीनबुँदे सहमति कार्यान्वयन गर्न सरकार तयार रहेको बताएका छन् ।

गृहमन्त्री खाँण र नेकपाका विश्वकर्माबीच भेटवार्ता

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँण र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माबीच भेट भएको छ । आज गृहमन्त्रालयमा भएको भेटवार्तामा नेता विश्वकर्माले गृहमन्त्री खाँणलाई आफूहरूसँग विगतमा भएको सहमति कार्यान्वयन गर्न आग्रह गरेका छन् । २०७७ सालमा सरकार र नेकपाबीच तीनबुँदे सहमति भएको थियो । यही सहमतिम कार्यान्वयनको माग गर्दै केही दिनदेखि विप्लवसहित […]

चन्द समूहका कार्यकर्ताको मुद्दा फिर्ता कानुनी प्रक्रियाबाटै : गृहमन्त्री खाँण

कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँणले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका थुनामा रहेका नेता/कार्यकर्ता रिहाइ र मुद्दा फिर्ता कानुनी प्रक्रियाबाटै हुनुपर्ने बताएका छन् । चन्द समूहसँग अघिल्लो सरकारले गरेको तीनबुँदे सहमति कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको र सहमतिमा उल्लेखित विषय कानुनी प्रक्रियाबाटै समाधान खोज्नुपर्ने उनको भनाइ छ ।

३ बुँदे सहमति कार्यान्वयन गर्न गृहमन्त्री खाँण र प्रकाण्डबीच भेटवार्ता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाल सरकारबीच भएको ३ बुँदे सहमतिको कार्यान्वयन गर्ने विषयमा गृहमन्त्री बालकृष्ण खाँण र नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीच भेटवार्ता भएको छ । सामाजिक सञ्जालमार्फत भेटवार्ताबारे जानकारी गराउँदै प्रवक्ता प्रकाण्डले सरकारका सम्बन्धित निकायहरू र नेकपाबीच भेटवार्ता भएको जनाएका छन् । नेकपाले सहमति कार्यान्वयनका लागि खबरदारी गर्दै आएको छ ।

तीन बुँदे सहमति कार्यान्वयन गर्न सरकार–नेकपा छलफलमा

गृहमन्त्री बालकृष्ण खाँण र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबिच तीन बुँदे सहमति कार्यान्वयन गर्ने सन्दर्भमा छलफल भइरहेको छ । सरकारका तर्फबाट गृहमन्त्री खाँण, गृह सचिव टेकनारायण पाण्डे, कानुन सचिव उदयराज सापकोटा र महान्यायाधिवक्ता खम्बबहादुर खाती तथा नेकपाका तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा र विद्यार्थी नेता नरेन्द्र विश्वकर्मा छलफलमा छन् । सरकार र नेकपाबीच गत फागुन २१ मा तीन बुँदे सहमति  भएको थियो ।