तेह्रथुम– संरक्षणमा ध्यान नपुग्दा ऐतिहासिक, धार्मिक तथा पुरातात्विक सम्पदाहरू लोप हुँदै गएका छन् । पहिलो पुस्ताले संरक्षणमा ध्यान नपुर्याउनु र पछिल्लो पुस्ताले पनि चासो नदिनुले यी र यस्ता सम्पदाहरू लोप हुँदै गएका हुन् । पूर्वी नेपालमा बसोबास गर्दै आएका लिम्बु समुदायसँग अस्तित्व जोडिएका ऐतिहासिक सम्पदाहरू लोप भइरहेको बेला तेह्रथुमको छथर पञ्चकन्यामा रहेको योमुई चाम्खासिङ (यक) […]