फक्ताङलुङ गाउँपालिकामा माओवादीका राजन लिम्बु अध्यक्षमा विजयी

ताप्लेजुङ – ताप्लेजुङका फक्ताङलुङ गाउँपालिकामा गठबन्धनबाट माओवादी केन्द्रका राजन लिम्बु अध्यक्षमा विजयी हुनुभएको छ ।  उहाँले २६६० मत प्राप्त गर्नुभएको छ । उहाँका निकतम प्रतिस्पर्धी नेकपा एमालेका सरोज एभेङले २३१२ मत प्राप्त गर्नुभयो ।  उपाध्यक्षमा पनि गठबन्धका उम्मेदवार नेपाली काग्रेसका रविन साम्रा लिम्बु निर्वाचित हुनुभयो । उहाँले २३५८ मत प्राप्त गर्नुभयो भने उहाँका निकतम प्रतिस्पर्धी नेकपा एमालेका शान्तिमाया लिम्बु पौडेलले २२१२ मत प्राप्त गर्नुभयो ।

सम्बन्धित सामग्री

फक्ताङलुङ गाउँपालिका अध्यक्षमा माओवादी, उपाध्यक्षमा कांग्रेस विजयी

काठमाडौं । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका अध्यक्षमा नेकपा (माओवदी केन्द्र) र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।  पालिका अध्यक्षमा माओवादीका राजन लिम्बु २ हजार ६६० मतसहित निर्वाचित भएका हुन् । उनको निमटतम प्रतिस्पर्धी नेकपा (एमाले)का सरोज लिम्बूले २ हजार ३१२ र जनता समाजवादी पार्टीकी मंजिता लिम्बुले १५० मत प्राप्त गरिन् । उपाध्यक्षमा...