सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आमसर्वसाधारण जनताले सरकारको अनुभूति पाउने गरी कार्यसम्पादन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सम्बद्ध निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।
बिहीवार मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक/अर्धवार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री कार्कीले भने, ‘यो मन्त्रालय सरकारको अनुहार देखाउने मन्त्रालय भएकाले यसअन्तर्गत रहेका निकायले समस्याको पहिचानसँगै त्यसको निदान गरी जनताले प्रतिफल पाउनसक्ने गरी कार्यसम्पादन गर्नु...