बागमतीका मुख्यमन्त्रीकाे मन्त्रीहरुसँग कार्यसम्पादन करार

हेटौंडा– प्रदेश सरकारको कामकारबाहीलाई व्यवस्थित गर्दै मन्त्रालयहरुको कार्यसम्पादन चुस्त दुरुस्त बनाउने उद्देश्यले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सबै मन्त्रीसँग कार्यसम्पादन करार सम्झौता गरेका छन् । बुधबार मन्त्रालयमा एक कार्यक्रमकाबीच मुख्यमन्त्री जम्कट्टेलले विस्तृत कार्ययोजनासहित मन्त्रीसँग कार्यसम्पादन करार सम्झौता गरेका हुन् । १२ सदस्यीय मन्त्रिपरिषद् रहेको बागमतीमा ८ जना मन्त्रीले मुख्यमन्त्रीसँग कार्यसम्पादन करार सम्झौतामा हस्ताक्षर गरेका छन् […]