काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना महामारी नियन्त्रणमा नेपालीको आफ्नै संकल्प र बाहिरी सहयोग आवश्यक पर्ने बताएका छन्।कोरोना संक्रमण भएपछि स्वास्थ्यलाभ गरी रहेका शाह दम्पतीले आज एक भिडियो सार्वजनिक गर्दै यस्तो बताएका हुन्। उनले अहिले आफूहरू पूर्ण स्वास्थ्यलाभ गर्ने क्रममा रहेको समेत बताएका छन्।उनले भनेका छन्, ‘देशभित्र र बाहिरको महामारीको अवस्थाप्रति हामी चिन्तित छौँ, महामारीको प्रक्रिया अहिले पनि जारी छ, यसलाई नियन्त्रण गर्न हाम्रो आफ्नो संकल्प र बाहिरी सहयोग आवश्यक पर्