रेबिज नियन्त्रणका लागि चार बुँदे संकल्प प्रस्ताव जारी

यस्तै, रेबिज नियन्त्रणका लागि आवश्यक पर्ने साधनश्रोत, खोप, जनशक्ति तथा प्रविधिको प्रयोग, घरपालुवा कुकुर दर्ताको विषय पनि संकल्प प्रस्तावमा समेटिएको छ ।

सम्बन्धित सामग्री

२०८७ सम्ममा रेबिज रोग नियन्त्रणका लागि संकल्प प्रस्ताव

काठमाडौं । पशुसेवा विभागले ‘रेबिज रोग नियन्त्रण : स्थानीय तहसँग सहकार्य र भावी दिशा’ विषयक कार्यक्रम सम्पन्न गरेको छ । मंगलवार धुलिखेलमा भएको उक्त कार्यक्रममा स्थानीय तहको अग्रसरतामा रेबिज रोग नियन्त्रणमा प्राप्त उपलब्धिलाई आत्मसात् यसको पूर्ण नियन्त्रणका लागि संकल्प प्रस्ताव पारित गरिएको छ । रेबिज रोगबाट हुने मानव मृत्यु २०८७ सालसम्ममा शून्यमा झार्ने अन्तरराष्ट्रिय प्रतिबद्धता अनुसार उक्त लक्ष्य पूरा गर्न यस्तो प्रतिबद्धता व्यक्त गरिएको हो । संकल्प प्रस्तावमा २०८७ सालसम्ममा रेबिज रोगबाट हुने मानव मृत्यु शून्य बनाउने अभियानको सफलताका लागि सबैले आफ्नो तहबाट कार्ययोजना तय गरी सोहीअनुसार कार्य गर्ने, रोग नियन्त्रणका लागि आवश्यक पर्ने स्रोतसाधन, खोप, जनशक्ति तथा प्रविधिको प्रयोग, घरपालुवा कुकुर दर्ता, बन्ध्याकरण, फोहोरमैला व्यवस्थापन लगायतका कार्यबाट सामुदायिक कुुकुरको संख्या नियन्त्रण गर्ने, रेबिज रोग रोकथामका लागि तीन तहका सरकार तथा अन्य सरोकारवाला निकायबीच एक–आपसमा हातेमालो गर्दै सहयोग आदानप्रदान गर्ने लगायत कार्ययोजना उल्लेख छ । नेपालमा ९५ प्रतिशतभन्दा बढी रेबिज रोग संक्रमित कुकुरको टोकाइबाट हुने गरेको सरकारी तथ्यांक छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार रेबिज रोगका कारण हरेक ९ मिनेटमा एक व्यक्तिको मृत्यु हुने गरेको छ । यसरी मृत्यु हुनेमध्ये करीब ६० प्रतिशत बालबालिका छन् ।